बाल्ट्राको दशैं ल्यायो अफर

  २०७६ भदौ २७ गते १९:१३     विकासन्युज

काठमाडौँ । नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ ।

योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.