नर्भिकमा डेङ्गू बिरामीहरुको चाप बढेका कारण छुट्टै वार्डको व्यवस्था

  २०७६ भदौ २७ गते १९:०८     विकासन्युज

काठमाडौँ । हालै मुलुकमा महामारीकै रुप लिनथालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।

हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ताविरामीहरुकालागि छुट्टै क्लिनिकर छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापनएवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।

सहुलियतपूर्ण दर/रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नर्सिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.