दशैंतिहारमा सुपथ मूल्य, अरु बेला मनपरी मूल्य हुनुहुन्न : मन्त्री यादव

  २०७६ भदौ २७ गते १५:२४     विकासन्युज

काठमाडाैं ।  उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले दशैंतिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनु पर्ने बताएका छन् । शुक्रवार साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो परिपाटीलाई अन्त्य गरी उपभोक्ताको हितका लागि बाह्र महिना नै सहुलियत मूल्यका पसलहरु सञ्चालन गर्न आग्रह गरे ।

स्थापनाकाल देखि नै साल्ट ट्रेडिङ्ग कर्पोरेसनले उपभोक्ताहरुको हक हितका लागि महत्वपूर्ण र सकरात्मक भूमिका खेल्दै आएको बताउँदै सधैं नागरिकलाई सेवा र नाफा दिने संस्था बन्न आग्रह गरे । ‘सरकार गुणस्तरियमा सम्झौता गर्दैन’, उनले भने,’केहि दिन यता केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समचारहरु सम्प्रेषण गरेकोले त्यस्ता भ्रमित र प्रमाणविनाका समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।’

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजिकरण र उपलब्धताको लागि सदैव तयार रहेको बताए । उनले कर्पोरेसनलाई विभिन्न गुनासाहरु कम आउने सम्यन्त्र अपनाउन समेत आग्रह गरे । संस्थाकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विभिन्न क्षेत्र र ठाउँहरुमा संस्था विस्तार हुने कार्य तिव्र रहेको बताउँदै यस संस्थाले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताईन् ।

उनले सन् १९८५ को तथ्याङ्क अनुसार ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोामा त्यो संख्या झरेर ०.४ प्रतिशत रहेको बताईन् । उपभोक्तहरुको हितका लागि संस्थाले विभिन्न समाजसेवाका कार्यहरु समेत गर्दै आएको बताउँदै उनले दशैंतिहारलाई लक्षित गरी सह्लियतका पसलका साथसाथै विभिन्न सामानमा छु्ट समेत प्रदान गरेको जानकारी गराईन् ।

कार्यक्रममा संस्थाको भलाई र उत्कृष्ट कार्य गरे वाफत विभिन्न राशीका पुरस्कारहरु प्रदान गरिएको थियो । बालकुमारी पुरस्कारबाट नैमिसा रन्य गुरुकुल बनेपा पुरस्कृत भएको छ भने उत्कृष्ट सेवा पुरस्कार जितेन्द्र शाह,विमल खनाल र विष्ण् केसी पुरस्कृत भएका छन् ।  यस्तै ईश्वरलाल श्रेष्ठ उत्कृष्ठ सेवा पुरस्कारबाट उमेश कुमार ओझा, सुदिपसिहं रायमाझी र सञ्जय कमाचार्य पुरस्कृत भएका छन् ।

यस्तै साल्ट ट्रडिङ लाेकनाथ जाेशी छात्रवृति अन्तर्गत एसइइमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीहरुलाई समेत पुरुस्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेमा अमज लामिछानेका छोरा अविशेक लामिछाने र मेघराज ज्ञवालीकी छोरी स्नेहा ज्ञवाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.