फर्निचर एक्स्पोको अवसरमा २५ प्रतिशत छुट दिइरहेका छौँ-आषिश स्याङ्तान

  २०७६ भदौ २७ गते १४:०२     विकासन्युज

नेपालमा थाईल्याण्ड, चीन, भारत र मलेसियाबाट फर्निचरका सामाग्री आउने गरेका छन् । भन्सारमा समस्या हुने गरेको छ । घर-कार्यालय सबै ठाउँमा आवश्यक हुने भएकाले फर्निचर सामाग्रीको मूल्य निम्न वर्गले प्रयोग गर्न सक्ने किसिमको हुनुपर्छ । यसै विषयमा फर्निचर ल्याण्डका मार्केटिङ म्यानेजर आषिश स्याङ्तानसँग विकासन्युजले गरेको कुराकानीः

फर्निचर ल्याण्डले कुन वर्गमा लक्षित गरेर सामान ल्याउने गरेको छ ?
मध्यमवर्गमा लक्षित छौँ । बेडरुम सेट हामीले बेच्छौँ । सिङ्गल बेडको नै ७५ हजार रुपैयाँ पर्छ । हाल थाइल्याण्डबाट ल्याइएको एक सेट कोठाको सामान ९९ हजार रुपैयाँमा आउँछ ।

तपाईँहरुले फर्निचर एक्स्पोमा उपभोक्तालाई कति छुट दिनु भएको छ ?
हामीले हाम्रो ब्रान्डको सबै सामानमा २५ प्रतिशत छुट दिएका छौँ । यो छुट दशैँ, तिहार र छठसम्म रहेको छ । यस एक्स्पोले ब्राण्डको बारेमा राम्रोसँग जानकारी दिने हो ।

कुन देशबाट आयात बढी हुने गर्छ ?
सबैभन्दा धेरै आयात हामीले थाइल्याण्डबाट गर्दै आएका छौँ । लेदरको सोफा नेपालीले रुचाएका छैनन् ।

तपाईँहरुले ल्याउनु भएको पछिल्लो सामान के हो ?
होलबेड रुम सेट नै हाम्रो पछिल्लो सामाग्री हो । भारतीय बेडसेटको २ लाख चानचुन सम्मको सामान हामी कहाँ छ ।

तपाईँहरुको सामानमा विषेशता के छ ?
हामीले नेपालमा बेच्ने सामानमध्ये लेदरको सोफा राम्रै मानिन्छ । कन्टिनेन्टल भन्ने सोफा हामीले बिक्री गर्दै आएको छौँ । फाईबर जडित भएकाले ग्राहकहरुको आकर्षण राम्रै छ ।

तपाईँहरुको शाखा सञ्जाल कतिवटा छन् नि ?
हाम्रो शाखा सञ्जाल हाल काठमाडौँ उपत्यका भित्र ३ वटा रहेका छन् । शाखाहरु ब्लूवर्ड कम्प्लेक्स, माईतीघर मण्डला र महाराजगंजको भाटभटेनीमा रहेको छ । उपत्यका बाहिर भने पोखरामा रहेको छ ।

उपभोक्ताको प्रतिक्रिया कस्तो पाउँदै आउनु भएको छ नि ?
अहिले उपभोक्ताको प्रतिक्रिया राम्रो छ । बाहिरबाट आएको सामानमा कहिले काही केही असन्तुष्टि पाइन्छ । तर अन्य कुरामा भने उपभोक्ताले त्यस्तो नराम्रो केही भन्नु भएको छैन । १० करोडको हाराहारीमा हामीले वार्षिक व्यापार गर्दै आएका छौँ ।

कर्मचारी संख्या कति छ ?
हामीसँग जम्मा ५४ जना कर्मचारीहरु हुुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.