सरकारी नीति व्यापार मैत्री बन्न आवश्यक: हलेसि डेकोरका संचालक हेमराज कार्की

  २०७६ भदौ २७ गते १३:४०     विकासन्युज

हलेसी डेकोरका सामानहरुले ग्राहकको मन जितेका छन् । नेपाली उत्पादन किन्दा ग्राहकहरुले नौलोपनको महसुश गरेको सञ्चालक हेमराज कार्की बताउँछन् । हलेसी डेकोरका संचालक कार्कीसँग विकासन्युजले गरेको कुराकानी:

तपाईहरुले नयाँ उत्पादन केही ल्याउने तयारी गर्नु भएको छ कि ?
हामी कुर्सीमा बस्नु राम्रो मान्छौँ, तर त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा चाँही त्यति विचार गर्दैनौँ । सोही कारण हामीले आगामी दिनमा सिङ्गापुरको कम्पनीले भारतमा उत्पादन गरेको सामान नेपाल भित्र्याउने तयारी गरेका छौँ । उक्त कुर्सी बस्दा ग्राहकको स्वास्थ्यमा समेत असर पर्दैन । उक्त कुर्सीमा बस्दा हुने फाइदाका बारेमा हामीले स्वास्थ्य विज्ञहरु मार्फत नै ग्राहकलाई जानकारी गराउने छौँ । ग्राहकहरुले अन्य कुर्सी किन्ने मूल्यमा नै स्वास्थ्यवद्र्धक कुर्सी खरिद गर्न पाउँछन् । हामी फर्निचर मेलामा बेच्न भन्दा पनि प्रदर्शन गर्न आएका हौँ । गत वर्षपनि हामीले प्रदर्शन गरेका थियौँ । हामीलाई सरकारी नीतिले केही समस्या पार्दै आएको छ ।  व्यापार मैत्री नीति नियम ल्याएमा विदेशी पूँजी समेत भित्रने सम्भावना धेरै छ ।

स्वदेशी तथा विदेशी सामानमा पाइने विविधता के हो ?
नेपाली ग्राहकहरुले नेपाली उत्पादन देख्दा राम्रो मान्छन् ।विदेशी सामान प्रयोग गर्दै आएका ग्राहकहरुले नयाँपनको समेत महसुश गर्ने गरेको हामीले पाएका छौँ । सामानकै सन्दर्भमा भन्दा नेपालमा आफैँले उत्पादन गराउन सकेमा सामानको गुणस्तर धेरै हुने गर्छ । रातारात धनी हुने भन्दापनि पुस्तौँ पुस्ता जाने व्यापार आजको आवश्यकतामा पर्छ ।

विदेशी सामान बेच्दा र स्वदेशी फर्निचर बेच्दा व्यापारमा कुन चाही फाईदा जनक हुन्छ ?
व्यापारिक दृष्टिकोणबाट हेर्दा विदेशी फर्निचर बेच्नु फाइदाजनक छ ।

जनशक्ती अभावको समस्या झेल्नु भएको छ कि छैन ?
हामीलाई दक्ष जनशक्तीको समस्या छ । यसमा नेपालीहरुले विदेशी मुलुकमा गएर जस्तोपनि काम गर्न तयार हुने, तर आफ्नो देशमा भने कुचो लगाउन लजाउने प्रवृत्तिले पनि हुनसक्छ । तर सो कुरामा पनि पछिल्लो समय केही परिवर्तन भने आइरहेको छ ।

तपाईँहरुले कस्तो सेवा दिँदै आउनु भएको छ ?
फ्लोरिङ्ग–फर्निसिङ लगायतका घर, कार्यालय संस्थाहरुमा चाहिने सम्पूर्ण सामाग्रीहरुको सेवा हामीले दिने गरेका छौँ ।

पर्दा चाहीँ कस्ता किसिमका छन् ?
प्रतिमिटर सय रुपैयाँदेखी ४ हजारसम्मका पर्दाहरुले हामीले बेच्दै आएका छौँ ।

पर्दाको स्वदेशी उत्पादन कस्तो छ ?
हामीले विभिन्न ब्राण्डका पर्दाहरु बिक्री गर्दै आएका छौँ । हामीले उत्पादन गर्ने भन्दापनि बाहिरबाट ल्याएका पर्दाहरुको बिक्री वितरण गर्दै आएका छौँ ।

युरोपबाट चाँही कति पर्दा ल्याउँदै हुनुहन्छ ?
हामीले युरोप लगायत विभिन्न ठाउँबाट पर्दाको आयात गर्दै आएका छौँ । भारत लगायतका मुलकबाट आउँछ । हामीले फर्निचरको समेत बिक्री वितरण गर्दै आएका छौँ । विदेशी राष्ट्रबाट हामीले सामाग्रीहरु मगाएर बिक्री गर्दै आएका हौँ । हामीले हलेसी डेकोरबाट सोफा लगायतका ब्राण्ड बनाएर बेच्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.