जनता क्यापिटलको साधारण सभाले पारित गर्यो ८ प्रतिशत लाभांश

  २०७६ भदौ २७ गते ११:५९     विकासन्युज

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ ।

जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको कार्यकारी सञ्चालक विश्व सुवेदीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.