मार्जिन कारोबारमा ७ दिनले चुक्यो स्ट्यान्डर्ड चार्टर्ड बैंक, २१० कम्पनी अयोग्य, ठूला कम्पनीनै परेनन्

  २०७६ भदौ २७ गते ८:५९     विकासन्युज

काठमाडौं । बजार पुँजीकरणमा शीर्ष १० मा रहेका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स र कृषि विकास बैंक लिमिटेडका शेयरहरु नै मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबार गर्न पाइने कम्पनीहरुको सूचीमा ती कम्पनीहरुको नाम समावेश नै नभएपछि ती शेयरहरु किन्दा मार्जिन कारोबार कर्जा सुविधा नपाइने भएको हो । यी ४ ओटै कम्पनी पुसभित्र वार्षिक साधारणसभा गर्न नसकेका कारण यो दायरामा नपरेका हुन् । नबिलकाे साधारणसभा फागुन २७ गते, स्ट्यान्डर्ड चार्टर्डको माघ ७ गते, नेपाल लाइफकाे जेठ ४ गते र कृषि विकासकाे चैत १५ गते भएका थिए । पुस मसान्तसम्म साधारणसभा गरेको भए ती सबै कम्पनी सो कारोबारको लागि योग्य हुन्थे । त्यसबाट स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा कम ७ दिनले चुकेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको नयाँ सूचीअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये १२ ओटा, २८ विकास बैंकमध्ये ७, ५० सूचीकृत लघुवित्त संस्थाहरुमध्ये ९ ओटा शेयरहरु मात्र यस्तो कारोबारको लागि योग्य रहेको जनाइएको छ । फाइनान्स कम्पनीतर्फ कुनैपनि कम्पनी त्यस्तो कारोबारमा योग्य छैनन् । त्यस्तै हाइड्रोपावरतर्फ चिलिमे, वुटवल पावर र ङादी ग्रुप पावर, ओरेन्टल होटल्स र नेपाल टेलिकमका शेयर मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

२०० भन्दा बढी कम्पनी अयोग्य

हाल नेपाल स्टक एक्सचेञ्जमा २४३ ओटा कम्पनीहरु सूचीकृत छन् । त्यसमध्ये ३३ ओटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिँदा बाँकी २१० कम्पनी भने त्यसबाट वञ्चित देखिएका छन् ।

नेपाल धितोपत्र बोर्डले ल्याएको मार्जिन कारोबारसम्बन्धी नियमावलीमा रहेका शर्तहरु पूरा गर्न नसकेका कारण त्यस्ता कम्पनीहरु मार्जिन कारोबारका लागि अयोग्य हुने भएका हुन् ।

सो नियमावलीमा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा भएको, २ वर्षदेखि कम्तीमा १० प्रतिशत लाभांश दिँदै आएको, १० हजार भन्दा बढी शेयरधनी भएको कम्पनी हुनुपर्ने जस्ता शर्त तेर्साइएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरु साधारणसभाको क्लजलाई पूरा गर्न नसक्दा त्यस्तो कारोबारबाट अयोग्य भएका हुन् भने केही संस्थाहरु १० प्रतिशत भन्दा बढी लाभांश दिन नसकेका कारण पनि त्यसका लागि अयोग्य देखिएका हुन् । १० हजार शेयरधनी हुनुपर्नेे क्लजभित्र भने केही पूराना कम्पनीहरु मात्रै परेका छैनन् ।

मार्जिन कारोबारका लागि योग्य कम्पनीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.