दैनिक ८ घण्टा आराम गर्ने ओछ्यान कस्तो हुनुपर्छ ? रमेश काफ्ले भन्छन्-‘अपग्रेड योर क्लास’

  २०७६ भदौ २६ गते २०:२७     विकासन्युज

काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि इत्यादि ।

‘हामीले सबैभन्दा बढी समय आराम गर्ने बेड साँच्चिकै आरमदायी हुनुपर्छ र स्वास्थ्यको लागि पनि हितकर हुनुपर्छ । यहि मान्यताका साथ हामीले गुणस्तरीय मेट्रेस उत्पादन गर्दै आएका छौं । साथै, फाइवर, माइक्रो फाइवरबाट बनेको हलुका र गुणस्तरीय सिरक, सिरानी, बेड कभर, पर्दा, टावेल उपलब्ध गराउँछौं’ क्लासिक इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले भने । बेडका साथै, सिरक, सिरानी पनि आरामदायी हुनु अनिवार्य भएको उनले बताए ।

कस्तो खालको मेट्रेस उपयुक्त

‘बेड कस्तो हुनुपर्छ भन्नेमा विज्ञहरुकै राय फरक फरक छ । बेड लचक र कम्फर्टेवल हुनुपर्छ भन्ने विज्ञहरु पनि छन् । बेड कडा हुनुपर्छ भन्ने विज्ञहरु पनि छन्’ काफ्ले भन्छन्–‘बेड भनेको सर्फेस मिलेको हुनुपर्छ । बेड धेरै कडा भयो भने पनि राम्रो हुन्दैन । यी हाम्रा आधारभूत मान्यता हुन् ।’ क्वायर मेट्रेस केही कडा हुन्छ भने स्प्रीेङ मेट्रेस लचकदार हुन्छ । धेरै उपभोक्ताले स्प्रीङ मेट्रेस रुचाउँछन् । विदेशमा, विदेशी पर्यटक स्तरीय होटलहरुले स्प्रीङ मेट्रेस नै रुचाउछन् ।

मेट्रेसको छनाेट उपभोक्ताको रुची र आवश्यकता अनुसार हुन्छ । कोही लचकदार बेड प्रयोग गर्छन् । कोही कडा बेड प्रयोग गर्छन् । कसैलाई बाक्लो मेट्रेस मनपर्छ भने कसैलाई पातलो मेट्रेस मनपर्छ । ‘हामी स्वदेशी उद्योग भएको उपभोक्ताको बेडको साइज र आवश्यकताअनुसार मेट्रेस कस्टुमाइज वा रिसाईज गरिदिन्छौं । उपभोक्ताको माग अनुसारका उत्पादन गर्दै आएका छौं’ काफ्ले भन्छन्–‘उपभोक्ता र बिक्रेताको फिडव्याकका आधारमा, आफ्नै अनुसन्धान, विज्ञहरुको राय सुझावका आधारमा आफ्ना उत्पादन परिमार्जन गर्दै आएका छौं ।’

कसरी गुणस्तरीय मेट्रेस रोज्ने ?

बजारमा क्वायर मेट्रेस वा स्प्रीङ मेट्रेस भनिएता पनि भित्र पी फर्मको प्रयोग अत्याधिक मात्रामा हुने गरेको छ । पी फर्ममा धेरै केमिकल्सहरु प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता फर्म स्वास्थ्यको लागि हानिकारक हुन्छन् । पी फर्म खासगरी प्याकेजिङ म्याटेरियल्सको रुपमा प्रयोग गर्न उत्पादन भएका हुन् । लामो दुरीमा सामान पठाउँदा बाटोमा टुटफुट नहोस, ड्यामेज नहोस् भनेर सुरक्षित प्याकेजिङ गर्ने उदेश्यले पी फर्म बनेको हो । सस्तो मेट्रेस उत्पादन गर्ने कम्पनीहरुले पी फर्मको प्रयोग गरेका हुन्छन् ।

बजारमा यस्ता मेट्रेस पनि छन् जसमा उत्पादनको नाम पनि हुन्दैन । त्यो के बाट बनेको छ भन्ने पनि उल्लेख हुँदैन । उपभोक्ताले मेट्रेसको गुणस्तरको बारेमा जानकारी लिनुपर्छ । त्यसभित्र प्रयोग भएको बस्तु के हो र त्यसको गुणस्तर कस्तो छ भनेर थाहा पाउनु पर्दछ । काफ्ले भन्छन्–‘हामीले हाम्रा उत्पादनमा के के प्रयोग गरेका छौं र त्यसको गुणस्तर कस्तो छ भनेर कम्पोजिसन लेबल लगाएका छौं । उपभोक्ताले मागेका सबै विषयमा जानकारी दिन सक्ने गरी बिक्रेतालाई कम्पोजिसनबारे बुझाएका छौं ।’

मूल्य

उपभोक्तामा मेट्रेस महँगो हुन्छ भन्ने बुझाइ छ । वास्तवमा मेट्रेस महँगो नहुने काफ्लेको तर्क छ । उनी भन्छन्–कपासको डसना किन्दा सस्तो भए पनि दुई वर्षपछि कपास डल्लो पर्न थाल्छ । त्यसपछि डसनालाई उधारेर, कपास थपेर, नयाँ पल्ला हालेर मर्मत गर्नुपर्छ । १० वर्षमा ४/५ पटक कपास थप्नुपर्ला, उधार्दै सिउँदै गर्नुपर्छ, पल्ला परिवर्तन गर्नुपर्ला । त्यतिमात्र होइन, पछिल्लो समय बजारमा पाइने डसना पुराना कपडाबाट बनेको हुन्छन् । घर वा अस्पतालबाट निस्केका पुराना कपडाबाट बनेका डसना स्वास्थ्यको लागि लाभकर हुँदैन ।

क्लासिक मेट्रेसको न्युनतम मूल्य ४ हजारदेखि अधिकतम ८५ हजार रुपैया रहेको छ । मेट्रेसको साइज, मोटाइ, लचकता, त्यसभित्र प्रयोग भएको बस्तुको गुणस्तरले मेट्रेसको मूल्य निर्धारण हुन्छ । ‘हामीले क्लासिक मेट्रेसमा १० वर्षको ग्यारेन्टी दिएका छौं । १० वर्षअघि बिग्रियो वा प्राविधिक समस्या देखियो पनि भने हामी पुरानो मेट्रेस फिर्ता लिएर नयाँ मेट्रेस दिन्छौं’ काफ्ले भन्छन्–‘हाम्रो नारा नै ‘अपग्रेड योर क्लास’ छ । क्लासिक मेट्रेस प्रयोग गर्नेको जीवनशैली उच्च स्तरको देखिन्छ । शुरुमा नेपालका पर्यटक स्तरीय होटलहरुलाई सप्लाई गर्ने उदेश्यका साथ थालिएको क्लासिक मेट्रेस हाल सर्बसाधारणको पहुँचमा समेत पुगेको काफ्लेको भनाई छ ।

२९ वर्षको इतिहास

मेट्रेस उत्पादनमा २९ वर्षको अनुभव बोकेको क्लासिक मेट्रेस सन् १९९० देखि करिस्मा क्लासिक कन्जुमर प्रोडक्टका रुपमा स्प्रीङ मेट्रेसहरु उत्पादन हुन्थ्यो । सन् २०१२ पछि क्लासिक ब्राण्डका उत्पादन शुरु भयो । क्लासिक इण्डस्ट्रिजले २०१२ देखि नै क्वायर मेट्रेस उत्पादन शुरु गर्यो, जुन दक्षिण एशियामा नै पहिलो हो ।

क्वायर मेट्रेसमा प्राकृतिक कच्चा पदार्थको प्रयोग भएको हुन्छ । त्यसमा नरिवलको जरा अर्थात कोकोटन फाइभर प्रयोग भएको हुन्छ । यो स्वास्थ्यका लागि लाभदायक भएको काफ्ले बताउँछन् ।

कम्पनीको अत्याधुनिक प्लान्ट सीमरामा छ । कर्पोरेट अफिस काठमाडौंमा छ । कम्पनीको १५० जना नियमित कर्मचारी छन् भने सिजनमा २०० जनासम्मले रोजगारी पाउने गरेका छन् । कम्पनीले सातै प्रदेशमा ४५० भन्दा बढी डिलरबाट बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.