टीभीएसको जुपिटर ग्रान्दे अब ब्लूतूथ कनेक्टिभिटीका साथ बजारमा

  २०७६ भदौ २६ गते १९:२०     विकासन्युज


काठमाडौं । इन्डियन मोटरसाइकल कम्पनी टीभीएसले ब्लूतूथ कनेक्टिभिटी फिचरका साथ जुपिटर स्कुटरको ‘ग्रान्दे’ भेरियन्ट आज बिहिवार भारतमा सार्वजनिक गरेको छ ।

भारतीय बजारमा ५९,९०० मूल्य तोकिएको नयाँ ग्रान्दे एडिशन प्रिभियस जेनेरेशन जुपिटर ग्रान्देभन्दा २५२ भारतीय रुपैयाँले मात्र महँगो रहेको छ ।

टीभीएसले नयाँ जुपिटर ग्रान्देमा ब्लूटूथ कनेक्टिभिटी सहितको इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । एनटर्क १२५ मा पनि भएको यस फिचरलाई कम्पनीले ‘स्मार्टकनेक्ट’ नाम दिएको छ र यससँगै यो फिचर सेग्मेन्टकै पहिलो पनि बनेको छ । तर, ग्रान्दे एडिशनमा एनटर्क १२५ मा भएजस्तो फुल–डिजिटल नभएर सेमि–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल चाहिँ समावेश गरिएको छ ।

टीभीएसको आधिकारिक स्मार्टफोन एप्लिकेशन मार्फत् आफ्नो फोनलाई स्कूटरमा पेयर गराएपछि यो कन्सोलले टेक्स्ट र कल नोटिफिकेशन जस्तो कुराहरु पनि डिस्प्ले गर्दछ । त्यसैगरी यो कन्सोलले स्पिड अलर्ट, हेल्मेट अलर्ट, साइड स्ट्याण्ड इण्डिकेटरजस्ता कुराहरु पनि डिस्प्ले गर्दछ ।

कस्मेटिक चेञ्जका रुपमा जुपिटर ग्रान्देमा नयाँ टेक ब्लू कलर, फ्रन्ट फेण्डरमा क्रोमको फिनिसि¨ र नयाँ किसिमका अलोए व्हिल्सहरु दिइएका छन् । स्कुटरमा सीबीएस युनिट सहित अगाडिको चक्कामा फ्रन्ट डिस्क ब्रेक र त्यसैगरी पछाडि भने ड्रम ब्रेक दिइएको छ ।

यो स्कुटरमा १०९.७ सीसीको सिङ्गल–सिलिण्डर एयर–कुल्ड इञ्जिन जडान गरिएको छ जसले ७.९९ पीएसको पावर र ८.४ एनएमको टर्क प्रोड्यूस गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.