चाडपर्व लक्षित आपूर्ति व्यवस्थापनमा व्यवसायीको असन्तुष्टी, विभागकाे ध्यान अनुगमन र सहुलियत बजारमा 

२०७६ भदौ २६ गते १८:१८ विकासन्युज

काठमाडौं । दशैं तिहार र छठ लक्षित गर्दै आपूर्ति व्यवस्थापन सम्बन्धी व्यवसायीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । काठमाडौं चेम्बरको आयोजना भएको दशैं तिहार र छठ लक्षित आपूर्ति व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चाडपर्वलाई लक्षित गरि सरकारले ठाँउ ठाउँमा सहुलियत पसल संचालन गर्न भन्दा पनि उपभोक्तालाई लक्षित गरि खुद्रा पसलमा नै प्रत्येक सामानको मूल्य तोकेर विक्री वितरणमा ध्यान दिनु पर्ने बताए ।

सरकारले बजारको माग र आपूर्तिलाई ध्यानमा राखि खुद्रा व्यवसायीहरुसँग सहकार्य गरि अगाडी बढ्दा सम्पूर्ण उपभोक्ताले सहुलियत पाउने अध्यक्ष श्रेष्ठको भनाई छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अघिल्लो वर्षको भन्दा केहि हदसम्म सुधार गरि उपभोक्ताहरुको माग र आपूर्ति बढ्ने हुँदा बजारलाई ध्यानमा राखि अनुगमन भईरहेको जनाएका छन् । महानिर्देशक गौचनले भने ‘व्यवसायी, उपभोक्ता र सरकारले बजार व्यवस्थापन तथा आपूर्तिलाई सहुलियत मूल्य प्रदान गर्नका लागि विभाग तल्लीन रहेको छ ।’

पछिल्लो समय बजार अनुगमन तथा सचेतना कार्यक्रमलाई ध्यानमा राखि गलत गरेको खण्डमा कानुनी कारबाही गर्न पनि विभाग पछि नहट्ने विभागका महानिर्देशकले गौचनले जानकारी दिए । त्यस्तै काठमाडौं चेम्बर अफ कमर्शका अध्यक्ष विश्वमान श्रेष्ठले सहुलियत व्यापारलाई स्थापित गर्नका लागि त्रासित हुनु पर्ने अनुगमन र कानुनसँग व्यापारीहरु व्यवहारिक हुन नसक्दा समस्या भईरहेको बताएका छन् ।

राज्यले कानुनलाई टेकेर मात्र नभई व्यवहारमा उत्र्तानका लागि सरकारले व्यवसायिक स्तरमा बसेर हेर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । दशै नजिकिए सँगै कानुनलाई परिपालन गरि चाडपर्व मनाउने कतिपय विषयमा व्यवसायीहरुको असन्तुष्टी आएमा चाडपर्व पछि पनि आन्दोलन गर्न सक्ने काठमाडौं चेम्बर अफ कमर्शमा अध्यक्ष श्रेष्ठले बताए ।