भायनेटको नयाँ अफर ‘दशैँ तिहार टीभीको उपहार’

  २०७६ भदौ २६ गते १७:२३     विकासन्युज

काठमाडौं । भायनेट कम्युनिकेसन्सले भदौ २६ गतेदेखि दशैँ र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशैँ तिहार टीभीको उपहार” नामक नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेट टीभीकोसाथ स्काईवर्थको ३२ र ४० इन्च टीभी भारी छुटमा प्राप्त गर्न सक्ने छन् । इन्टरनेट र टीभीको ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काईवर्थ एलईडी टीभी घरमै लैजान सकिने छ ।

आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टीभी सेवा सुचारु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.