नेपाली एटीएम कार्ड भारत लिएर जानेलाई राष्ट्र बैंकको नयाँ व्यवस्था

  २०७६ भदौ २६ गते १७:२१     विकासन्युज

काठमाडौं । भारतका कुनैपनि शहरमा नेपाली डेबिट, क्रेडिट वा प्रिपेड कार्ड बोकेर गएका, तर एटीएम ह्याक भएका कारण पैसा निकाल्न नपाएका नेपालीलाई खुसीको खबर छ ।

नेपाल राष्ट्र बैंकले सो ह्याकिङ हुनुअघिको समयमा सम्बन्धित ग्राहकको बैंक खातामा भएको रकम बराबरको भुक्तानी वैकल्पिक माध्यमबाट पठाउँदा इलेक्ट्रोनिक माध्यमबाट रकम निकाल्न लाग्नेभन्दा बढी शुल्क नलाग्ने र त्यस्तो भुक्तानी भारतीय परिवत्र्य मुद्रामा प्राप्त गर्नसक्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कार्डबाट भुक्तानी नहुने उक्त रकम विप्रेषणको माध्यमबाट पठाउन वा सम्बन्धित व्यक्तिको भारतीय बैंकको खातामा रकमान्तर गर्नसक्ने व्यवस्था गर्न नेप्स स्वीचिङ सिस्टमसँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो ।

एटीएम ह्याकिङमार्फत् करोडौैं रुपैंया लुटिएको खबरपछि हाल नेपाली डेबिट कार्डहरु भारतीय इलेक्ट्रोनिक मेसिनमा प्रयोग गरेर रकम भुक्तानी लिन बन्देज गरिएको छ । यसबाट पर्ने असुविधालाई ध्यानमा राखी राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो । साथै तयसरी हुने भुक्तानीको विवरण प्रत्येक साता राष्ट्र बैंकलाई दिन पनि बैंकहरुलाई निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.