माइक्रोफाइनान्सबाट ऋण लिनेले अब शेयर पाउने, ३९ लघुवित्तका ऋणीलाई राहत, व्यवसाय विस्तारको अस्त्र बनाउनसक्ने

  २०७६ भदौ २६ गते १६:१९     विकासन्युज

काठमाडौं । माइक्रोफाइनान्सबाट कम्पनीबाट ऋण लिनेले अब शेयर पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा त्यस्तो व्यवस्था गरिएको हो । प्रस्तावित विधेयकमा लघुवित्त संस्थाका ऋणी सदस्यहरुलाई कुल साधारण शेयरको ५० प्रतिशतसम्म व्यवस्था गर्नसक्ने भनिएको छ ।

ऐनको दफा ९ मा हाल नरहेको उपदफा ८ थप गरी नेपाल राष्ट्र बैंकले ‘प्रचलित कानूनमा जुनसुकै कुरा उल्लेख गरिएको भए पनि ‘घ’ वर्गको वित्तीय संस्थाले उपलफा १ बमोजिम सर्वसाधारणलाई विक्रीवितरण गर्नको लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानी उक्त शेयर मध्येबाट बढीमा ५० प्रतिशत शेयर आफ्ना सदस्यको लागि छुट्याउन सक्नेछ ।’ भन्ने व्यवस्था थप गरेको छ । यो विधेयक जस्ताको त्यस्तै पारित भए साधारण शेयर जारी गर्दा त्यस्ता ऋणीहरुलाई आधा शेयर छुट्याउने बाटो खुल्नेछ ।

हालसम्म नेपाल राष्ट्र बैंकले ८९ ओटा लघुवित्त संस्थालाई इजाजतपत्र दिइसकेको छ । त्यसमध्ये हालसम्म ५० ओटा कम्पनीको आईपीओ आईसकेको छ । यो ऐन समयमा पारितट भए यसबाट आईपीओ आउन बाँकी ३९ कम्पनीहरुलाई राहत मिल्नेछ । ती संस्थाहरुले यो व्यवस्थालाई आफ्नो व्यवसाय विस्तारको रणनीति बनाउन सक्नेछन् । यो व्यवस्थाले हाल आईपीओ वा प्राथमिक शेयरहरुमा लगानी गर्नेहरुको लगानी अवसर भने घट्न सक्नेछ ।

माइक्रोफाइनान्सले विपन्न वर्गमा गएर सामूहिक जमानीमा कर्जा परिचालन गर्ने गर्छ । यस्तो कर्जाले उद्यमशीलता विकास गरी निम्नवर्गको आयआर्जन वृद्धि गर्ने काम पनि गर्छ । त्यस्ता वर्गहरुलाई शेयरको आरक्षण दिँदा यसले वित्तीय सहभागिता बढाउन सहयोग पुग्ने भन्दै यो व्यवस्थाको विज्ञहरुले प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.