बजाजको नयाँ शोरुम अब जाजरकोटमा

  २०७६ भदौ २६ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जाजरकोटमा नयाँ शोरुम “रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर”को उद्घाटन गरेको छ । उक्त शोरुमको शुभारम्भ हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले गरेका हुन् ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको हो ।

यस उद्देश्यलाई सार्थक बनाउन रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के.सी.लाई डिलरसीप प्रदान गरिएको छ ।
बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ ।

यसैगरी, नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने र यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

यसरी, जाजरकोटमा यो नयाँ शोरुम विस्तारसँगै ग्राहकहरु निरन्तर वृद्धि हुने र यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.