एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त, जगदीश बाहिरिए

  २०७६ भदौ २६ गते १५:०६     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

२०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि सञ्चालक नियुक्त भएका जगदीशप्रसाद अग्रवालको सट्टा निजको बाँकी कार्याकालका लागि निकुञ्ज अग्रवाल सञ्चालक चयन भएका हुन् ।

राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश सञ्चालकबाट बाहिरिएको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.