विदेशी फर्निचरभन्दा स्वदेशी फर्निचर धेरै बलियो छ: रुपेश प्रधान

  २०७६ भदौ २६ गते १४:३९     विकासन्युज

२०४२ सालमा स्थापना भएको जया फर्निचरले राम्रो व्यापार गरिरहेको छ । नेपालमा फर्निचरको अवस्था र जया ब्रान्डको बारेमा सञ्चालक तथा नेपाल फर्निचर एण्ड फर्निसिङ एसोसियशनका अध्यक्ष रुपेश प्रधानसँग गरेको कुराकानीः

नेपाली जया फर्निचर ब्राण्डको स्थापना कहिले भएको हो ?
विसं. २०४२ सालमा फर्निचर बेच्ने उद्देश्यले स्थापना भएको हो । हामीले नेपालको उत्पादनलाई नै बेच्न पर्छ भनेर जया फर्निचर स्थापना गरेका हौँ । हाम्रो कारोबार टुकुचाबाट सुरु भएको हो ।

जया फर्निचरलाई कसरी चिने प्रयोगकर्ताले ?
केही सयम पहिले गृह लक्ष्मी भन्ने स्टीलको दराज थियो । त्यो दराज विवाहमा नभै नहुने जस्तै सबैको लोकप्रिय भएको थियो । वीरगंजमा केडिया समूहको गृहलक्ष्मी दराज उत्पादन गरेको थियो, स्टीलको गृहलक्ष्मी जस्तै काठबाट बनेका जया ब्राण्डका दराज, शोफा, टेबुलकुर्सी जस्ता सामान उत्पादन गरी बिक्री शुरु गर्यो, जसलाई प्रयोगकर्ताहरुले मन पराए र लोकप्रिय भयो ।

जया फर्निचरले के-के सामान बेच्छ ?
नेपाली काठबाट बनेका बेड, टेबल लगायत सबै सामानहरु बिक्री गर्छ । विदेशी सामानलाई भन्दा पनि हामीले स्वदेशी सामानलाई प्रथामिता दिएका छौं ।

जया फर्निचरको आफ्नै ब्रान्डको परिचय कसरी दिन्छ ?
हामीले विदेशी फर्निचरहरुभन्दा पनि राम्रो र गुणस्तरको उत्पादन गरेर बिक्री गरिरहेका छौँ । नेपालको श्रम, कच्चा पदार्थको प्रयोग गरेर विदेशी फर्निचर भन्दा राम्रो फर्निचर विक्री गरिरहेका छौँ । हामीले ग्राहकको चाहान अनुसारका फर्निचर बनाएर दिने गरेका छौं ।

नेपाली फर्निचर विक्री गर्न चुनौती छ ?
जया ब्रान्ड अर्थात नेपाली फर्निचर बेच्न त्यति ठूलो चुनौती छैन । ग्राहकले पनि नेपाली सामान अलि मंहगो परेपनि बलियो हुन्छ भनेर बुझेका छन् ।

नेपालको काठ र उत्पादन राम्रो भएपनि विदेशबाट किन फर्निचर आयात हुन्छ ?
नेपालको काठ राम्रो छ । नेपाली काठ अलि मंह्गो छ । विदेशी फर्निचरहरूमा प्रविधिको प्रयोग गरेर थोरै खर्चमा धेरै फर्निचरहरु उत्पादन हुन्छ । मूल्यका कारणले नेपाली फर्निचरभन्दा विदेशी फर्निचरको प्रयोग आयात भइरहेको छ । सरकारले काष्ठ उद्योगलाई प्रवद्र्धन नगर्दा विदेशी काठ आयात बढ्दै गएको छ ।

आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा नेपाली फर्निचर मह्गो भएको हो त ?
नेपालमा आधुनिकभन्दा पनि हस्त निर्मित फर्निचर धेरै राम्रो हुन्छ । हस्त निर्मित भएकाले हाम्रो सामानहरू बलियो र टिकाउ छ । त्यहि कारणले मूल्य पनि बढी परेको हो । विदेशी फर्निचर बनाउँदा मेशिनको प्रयोग भएको हुन्छ । विदेशमा कच्चा पदार्थ र श्रम पनि सस्तो छ । हाम्रो देशमा मह्गो श्रमका साथै कच्चा पदार्थ पनि विदेशबाट आयात गर्नुपर्छ ।

जया फर्निचरनको उत्पादनमध्ये के बढी बिक्री हुन्छ ?
जय फर्निचरको उत्पादनमा सबैभन्दा बढी पलङ र टेबल बिक्री हुने गरेको छ । हाम्रो ब्राण्ड अलि महंगो भए पनि बलियो हुन्छ भनेर नेपालीले बुझेका छन् ।

जया फर्निचरले वार्षिक कति कारोबार गर्छ ?
जया फर्निचरले वर्षिक १५ करोडको कारोबार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.