५० र २० दरका नौ लाखभन्दा बढी नयाँ नोट सिरिज बजारमा

  २०७६ भदौ २६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि बजारमा नयाँ सिरिजका नोट बजारमा पठाएको छ । बैंकले ९ लाख ९९ हजार ९ सय ९९ वटा ५० र २० दरका नयाँ नोट बजारमा पठाएको हो ।

राष्ट्र बैंक ३ वर्ष अघि अर्थात २०१६ मा छापिएका २० दरका नोट बजारमा चलचल्तीका लागि पठाएको छ भने २०१५ मा छापिएको ५० दर सिरिजको नोट पठाएको छ । राष्ट्र बैंकले बजारमा २० दरकै जतिकै संख्या (नौ लाख ९९ हजार ९ सय ९९वटा) मा नोट बजारमा पठाएको हो ।

राष्ट्र बैंकले २० दरका सिरिजमा ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९सम्म अंक अंकित गरिएको छ । ५० दर सिरिजका ज/०००००१ देखि ज/९९९९९ सम्मका नोटमा बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.