भिभो मोबाइल खरिदमा विदेश भ्रमणदेखि स्मार्ट टिभिसम्मका उपहार

  २०७६ भदौ २६ गते १३:३७     विकासन्युज

काठमाडौं । दशैं–तिहारको अवसरमा भिभो मोबाइल किन्दा विभिन्न उपहार पाइने भएको छ । नेपालका लागि भिभो मोबाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले १३ हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको भिभो सेट खरिद गर्ने ग्राहक तथा विक्रेताहरूलाई उपहार योजना घोषणा गरेको हो ।

कम्पनीले काठमाडौंमा वितरक भेला सम्पन्न गरेर १३ वितरकलाई दशैंतिहार लक्षित योजनाको वारेमा जानकारी गराइएको छ ।
मोवाइल किन्ने १० जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको बाली भ्रमण, १५ जनालाई स्मार्ट टीभी, ४२ जनालाई स्मार्ट फोन, १६० जनालाई भिभो ब्याग उपहार राखिएकोे छ ।
‘सो अवधिमा भिभो मोवाइल किन्ने सबै ग्राहकलाई स्क्रिन र रिप्ले समेन्ट ग्यारेन्टी उपलब्ध गराइन्छ’–एपेक्स मनकामनाका ब्यापार प्रमुख सुशील न्यौपानेले भने । त्यसैगरी, भिभोका वितरक तथा मोबाइल बिक्रेतालाई पनि विभिन्न ट्राभल प्याकेज उपलब्ध गराउने जानकारी दिइएको छ ।
सो योजनामा ३४ जना वितरक तथा भिभो मोवाइल बिक्रेतालाई भिभोको नयाँ मुख्य कार्यालय भ्रमण गराउने कम्पनीको लक्ष्य छ । मोबाइल आयात तथ्यांक अनुसार भिभो मोबाइल नेपालको तेस्रो ठूलो बजार हिस्सा ओगट्न सफल भएको ब्राण्ड हो । सो योजना भदौ २९ गतेबाट लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.