महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ सम्पन्न

  २०७६ भदौ २६ गते १३:२७     विकासन्युज

काठमाडौं । महासंघ र द टाइम्स ग्रुपको साझेदारीमा ‘विजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

संघ/संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल इन्फरमेसनको महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले डिजिटल इन्फरमेसनको महत्व दिनानुदिन बढ्दै गएको बताउँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको प्रष्ट पारेका छन् । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल इन्फरमेसन बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बासकोटाले विश्वव्यापिकरणको रुपमा प्रविधि विस्तार भैरह“दा नेपालले पनि डिजिटल इन्फरमेसन मार्फत दिगो विकासको लक्ष्य लिएको जानकारी गराएका हुन् ।

सो अवसरमा महासंघका अध्यक्ष  भवानी राणाले किनोट स्पीकरको रुपमा आफ्ना विचार व्यक्त गरेकी छन् । आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल ट्रान्सफरमेसन गर्न निति/नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरी सरकार एवं निजी सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् । संघिय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक सा“स्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिएकी हुन् ।

सम्मेलनको अर्को सत्र डिजिटल नेपाल भिया डिजिटल ट्रान्सफरमेसन विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरेका छन् । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए ।

सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा विस्तृत छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.