चितवन मेडिकल कलेजले शुरु गर्यो निःशुल्क डेङ्गु परीक्षण

  २०७६ भदौ २६ गते १२:५२     विकासन्युज

काठमाडौं । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसि) ले विपन्न गरिब बिरामीहरुको निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको छ । अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्देशक प्रोफेसर डा.दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गु परीक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको हो ।

दशैंभर डेङ्गुले महामारी रुपमा लिएको बेलामा स्थानीय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालको सामाजिक अभियान अन्तर्गत निःशुल्क डेङ्गु परीक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानले जानकारी दिएका छन् ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई निःशुल्क डेङ्गु परीक्षण गराईने अस्पातलका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

अहिले डेङ्गु र ज्वरोको महामारी रहेकोले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्ने र कोही पनि बिरामी नछुटुन भनेर नै अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न बर्गलाई नि?शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेको लम्सालले  बताएका छन् ।

सरकारले बनाएको बिपन्न बर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । यस्तै विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मूल्याङकन गरेर यो सेवा प्रदान गरिने उनले बताएका हुन् ।

अहिले सबै अस्पातलहरु डेङ्गु र भाईरल ज्वरोको बिरामीहरुले भरिएका छन्, उपचारको लागि अस्पातलका बेडहरु भरिएका छन् तर अझै पनि कती गरीब तथा बिपन्न बर्गका मानिसहरुमा डेङ्गुको संक्रमण भए पनि अस्पातल आउन सकेका छैनन् । त्यसैले त्यस्ता वर्गलाई लक्षित गरेर यो कार्यक्रम शुरु गर्न लागिएको लम्सालले जानकारी दिए । अस्पातलहरु भरिएता पनि अझै धेरै बिरामी छुटेको आशंका रहेको उनले बताएका छन् ।

मनसुन र पोस्ट मनसुनमा पनि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिना सम्म यसको प्रकोप रहन सक्ने उनले बताउँदै सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिक सम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा. लम्सालले बताएका हुन् ।

अहिले दैनिक ४ सय देखी ५ सय बिरामीहरु अस्पातल आउने र ति मध्ये अधिकांशमा डेङ्गु संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.