होण्डाले सार्वजनिक गर्यो सेकेण्ड जेनेरेशन एक्टिभा १२५

  २०७६ भदौ २५ गते २०:०२     विकासन्युज


काठमाडौँ । होण्डा टू व्हिलर इन्डियाले आज भारतीय बजारमा एक्टिभा १२५ को सेकेण्ड जेनेरेशन आधिकारिक रुपमा लञ्च गरेको छ । यो स्कुटर होण्डाको पहिलो बीएस६ कम्पाइल्ड इञ्जिन भएको पहिलो मोडल पनि हो ।

लञ्च भएसँगै यो नयाँ एक्टिभा भारतीय बजारमा स्ट्याण्डर्ड, अलोए र डिलक्स गरी ३ अलग अलग भेरियन्टमा उपलब्ध भएका छन् । भारतीय बजारमा एक्टिभा स्ट्याण्डर्डको मूल्य रु.६७,४९० तोकिएको छ भने अलोए र डिलक्सको मूल्य क्रमशः रु.७०,९९० र रु.७४,४९० तोकिएको छ ।

४ नयाँ कलर अप्सन्समा उपलब्ध भएको एक्टिभा १२५ बीएस६ मा सार्पर लुकिङ्ग हेडलाइट, एग्रेसिभ फ्रन्टइन्ड र पहिलेभन्दा फरक किसिमले डिजाइन गरिएको एप्रोनको रुपमा केहि कस्मेटिक चेञ्जहरु पनि गरिएका छन् ।

यस स्कुटरमा दिइएको १२४ सीसीको बीएस६ इञ्जिनले ८.१ एचपीको पावर र त्यसैगरी १०.५ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो पावर फस्र्ट जेनेरेशन एक्टिभाको भन्दा थोरै हो र यसो हुनुको कारणमा अहिलेको मोडलले फ्यूल इन्जिेक्टेड इञ्जिन प्रयोग गर्नुलाई मानिएको छ । कम्पनीले भने यो इञ्जिनले पहिलेभन्दा राम्रो माइलेज दिनेछ भनी क्लेम गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार होण्डा एक्टिभा १२५ बीएस६ मा नोइजलेश स्टार्टर सिस्टम, रियलटाइम फ्यूल इफिसियन्सी र रेञ्ज इन्फर्मेशनसमेत डिस्प्ले गर्ने डिजिटल–एनालग इन्स्ट्रुमेन्ट कन्सोल, आइडल स्टार्ट–स्टप सिस्टम, साइड स्ट्याण्ड इञ्जिन किल सिस्टम, फ्रन्ट ग्लोव बक्स र एक्स्टर्नल फ्यूल फिलर क्याप लगायतका नयाँ फिचरहरु समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.