प्रविधिको प्रयोग गरे थोरै जनशक्तीबाटै गुणस्तरीय कार्पेटको उत्पादन सम्भव: अनिल महेश्वरी

  २०७६ भदौ २५ गते १९:४९     विकासन्युज


पछिल्लो समय नेपालले कार्पेट उद्योगमा आत्मनिर्भर बन्ने बाटो समातेको छ । प्रविधिको प्रयोग विश्वमा नै बढ्ने क्रममा रहेका कारण कार्पेट उद्योगमा समेत थोरै जनशक्तीबाट धेरै काम गर्न सकिने अवस्था बन्दैछ । गाउँ –शहर तथा जुनसुकै आर्थिक अवस्था भएका व्यक्तीहरुलाई कार्पेट आवश्यक हुन्छ । ग्राहकले रोजाई अनुसारको कार्पेट किन्न पाउँदा व्यवस्थापनमा मद्दत पुग्दछ । साथै, स्वदेशमा नै आवश्यक कार्पेट उत्पादन गर्न सकेमा समवृदिमा सहयोग पुग्नेछ ।  जिईएम फ्लोरिङ्गका डाइरेक्टर अनिल महेश्वरीसँग विकासन्युजले गरेको कुराकानी:

जिईएम फ्लोरिङ्गले नेपालमा के कस्ता सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ ?
यो हाम्रो एउटा ब्राण्ड हो । हामीले विदेशी तथा नेपाली उत्पादनको प्रयोग गर्दै आएका छौँ । एसडी कार्पेट, हेरिटेज कार्पेट लगायतका सामान नेपालबाट लिंदै आएका छौँ । विदेशी सामाग्रीहरुपनि हामीले आवश्यकता अनुसार लिन्छौँ ।

नेपाली उत्पादन र विदेशी उत्पादन मध्ये ग्राहकको रोजाईमा कुन वस्तु पर्दै आएको छ ?
ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार सामाग्रीहरु लाने गरेका छन् । आगामी दिनमा नेपालमा नै बन्न सक्ला, तर अहिलेको लागि बाहिर देशको नै आउने अवस्था छ ।

कस्ता वर्गले धेरै मात्रामा कार्पेटको प्रयोग गरेका छन् ?
पछिल्लो समय नेपालमा कार्पेट हरेक वर्गका ग्राहकहरुले प्रयोग गर्दै आएका छन् । आफ्नो क्षमता अनुसार ग्राहकहरुले कार्पेट खरिद गर्ने गर्छन् । कतिपयको लागि सस्तो कार्पेट राम्रो हुन सक्छ भने कतिपयको लागि कार्पेट विलासिताको वस्तुमा समेत पर्छ । जाडोमा चिसो हुँदा, पार्केटिङ्ग गर्ने लगायतका बेलामा कार्पेटको आवश्यकता हुन्छ ।

कुन-कुन देशबाट कार्पेट आयात हुन्छ ?
कोरिया बेल्जियम, साउदी भारत लगायतका देशबाट हामीले कार्पेट झिकाउँदै आएका छौँ ।

नेपालमा कार्पेट किन बन्न सक्दैन ?
मिसिन महङ्गो पर्ने भएकाले नेपालमा कार्पेट उत्पादन गर्न सहज नभएको हो । सरकारले राम्रो नीति ल्याएमा कार्पेट उद्योग अघि बढाउन केही सहयोग हुन्थ्यो ।

स्वदेशी र विदेशी रुपमा कारोबार कसरी भईरहेको छ ?
लोकल कारखानाबाट ६० प्रतिशत उत्पादन हुन्छ भने बाहिरबाट ४० प्रतिशत हुन्छ ।

उपभोक्ताले विदेशी रुचाउँछन् कि नेपाली ?
ग्राहकले आफ्नो रोजाई अनुसार लिने गरेका छन् । बाहिरको कार्पेट मगाउने ग्राहकले स्वदेशी लिंदैनन् भने स्वदेशी कार्पेट खोज्नेले पनि बाहिरको लिंदैनन् ।

कार्पेट आयतमा के समस्या छन् त ?
कार्पेट आयातमा त्यस्तो समस्या छैन । हामीले नोभेम्बरमा प्रेस्टिज कार्पेट ल्याउँदैछौ । सोही प्रयोजनको लागि वीरगञ्जमा हामीले २५ करोड रुपैयाँको मिसिन ल्याउने तयारी गरेका छौँ ।मिसिन भने युरोपको हुनेछ ।

तपाईँहरुकै कार्पेट उपभोक्ताले किन छनोट गर्ने ?
हाम्रो गुणस्तरले गर्दा उपभोक्ताले हाम्रै कार्पेट छान्ने गर्नु भएको छ ।

उपभोक्ताका लागि फाइदा के छन् ?
हाम्रो कार्पेट फेर्न मिल्छ । सफ्ट फ्लोरिङ्ग हुने भएका कारण कार्पेट राख्नु फाईदाजनक नै छ ।

ग्रामीण भेगमा कार्पेटको माग कतिको हुने गरेको छ ?
हामीले डडेल्धुरासम्म कार्पेट पठाइरहेका छौँ । गाउँमा केही सस्तो माग हुन्छ ।

पछिल्लो समय नयाँ प्रडक्ट कुन ल्याउनु भयो ?
स्पोर्ट फ्लोरिङ्ग हो । यो ब्याडमिन्टनका लागि प्रयोग हुन्छ । यस्तै जिमका लागि आवश्यक हुने उत्पादन समेत हामीले ल्याएका छौँ ।

तपाईँलाई थप्न मन लागेको केही कुरा छ कि ?
अबको दिनमा हामीले कारखाना खोलेर नेपाली बजारबाट ९० प्रतिशत उत्पादन गर्ने सोच बनाएका छौँ । साथै, प्रविधिको प्रयोग बढाउँदा कम जनशक्तीबाट नै कार्पेट उत्पादन गर्ने युगमा अहिलेको विश्व प्रवेश गरेका कुरा समेत म अवगत गराउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.