एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध निर्वाचित

  २०७६ भदौ २५ गते १९:१७     विकासन्युज


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्विरोध निर्वाचित भएका छन् ।

संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् ।

संघको महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् ।

सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे चयन भएका छन् । योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.