कार किन्नुभयो ? अब जान्नुस् त्यसलाई मेन्टेन गर्ने ५ तरिका

  २०७६ भदौ २५ गते १९:०८     विकासन्युज

काठमाडौँ । हरेक कार मालिकले यहि चाहन्छन् कि आफ्नो कार लामो समयसम्म पनि दुरुस्तै बनिरहोस् । तर, चाहेर मात्र हुँदैन, कारलाई मेन्टेन गर्ने केहि तरिकाहरुको पनि ज्ञान हुनु आवश्यक हुन्छ । यदि तपाईं पनि यस्तै चाहना गरिरहनु भएको छ, तर कारलाई मेन्टेन गर्ने तरिकाहरुको बारेमा राम्रो छैन भने तपाईंको कार नयाँबाट पुरानो हुन धेरै समय लाग्दैन । आज हामीले कारलाई मेन्टेन गर्ने ५ तरिकाहरु लिएर आएका छौं, जुन तपाईंका लागि पनि लाभदायी सिद्ध हुन सक्छ । आउनुस् जानौं यी ५ तरिकाहरुका बारेमा:

ब्याट्रीको जाँच
कारको लाइट, स्टार्टर मोटर, हर्न लगायतका विभिन्न इलेक्ट्रिक सिस्टमहरु ब्याट्रीमै निर्भर गर्ने भएको हुनाले कारको ब्याट्री राम्रो अवस्थामा हुनु जरुरी हुन्छ । त्यसैले तपाईं पनि ब्याट्रीमा चार्ज छ छैन भन्ने तर्फ सचेत रहनुहोस् र ब्याट्रीमा एसिडको मात्रा पनि के कति छ भन्ने तर्फ विचार पु¥याउनुहोस् । विज्ञहरुले हरेक २ देखि ३ वर्षमा कारको ब्याट्री चेञ्ज गर्दा ब्याट्रीको कारण बेहोर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ भनी बताउँदै आएका छन् ।

एयरफिल्टरको सफाई
कारको इञ्जिन चल्ने भनेको फ्यूल र एयरको मिक्स्चर बर्न भएर हो । एयर फिल्टरले इम्पियोर एयरलाई पियोर अर्थात् शुद्ध बनाएर इञ्जिनमा बर्न हुनका लागि पठाउने गर्दछ । यसले इञ्जिनलाई स्मूथ बनाइरहन समेत मद्दत पु¥याउँछ । यो क्रममा फिल्टरमा धेरै फोहोरहरु जम्मा भएर फिल्टरको जालीहरु ब्लक भएका हुन सक्छन् । यसै कारणले गर्दा समयसमयमा एयर फिल्टरलाई सफा गर्न तर्फ ध्यान पु¥याउने गर्नुहोस् ।

टायर प्रेसरको जाँच
टायरको प्रेसरले कम्फर्ट लेभल र ड्राइभको क्वालिटी राम्रो बनाउने भएकाले यसको मात्रा सहि हुनु जरुरी हुन्छ । यदि मात्रा सहि छ भने टायरले राम्रो ग्रिप प्रदान गर्छ र जसले ब्रेकिङ्गलाई समेत राम्रो बनाउँछ । त्यसैले यात्रा गर्नु अघि वा यात्रा गरिसकेपछि तपाईं पनि चारओटै टायरको प्रेसर चेक गर्ने गर्नुहोस् । स्मरण रहोस्, कारका लागि सहि टायर प्रेसर भनेको ३० देखि ३५ पीएसआई हो ।

इञ्जिन आयलको अवस्था
इञ्जिन र गियरलाई लुब्रिकेट गराउने काम भनेको इञ्जिन आयलको हो । लुब्रिकेट गराउनु भन्नाले इञ्जिन र गियरलाई सुक्खा हुन नदिनु भन्ने बुझिन्छ । इञ्जिन आयलको प्रयोग नगरिँदा इञ्जिन र गियरका पार्टस्हरुमा घर्षण उत्पन्न हुनगई चाँडै बिग्रन सक्दछन् । तसर्थ आफ्नो कारमा इञ्जिन आयल चेञ्ज गर्ने वेला भएनभएको वारे ध्यान दिने गर्नुहोस् ।

ब्रेकिङ्ग सिस्टमको जाँच
ब्रेकमा आएको समस्याका कारण दुर्घटना भएका समाचार हामिले सुन्दै आइरहेका छौं । यस्ता दुर्घटनाबाट बच्नका लागि आफ्नो सवारीको ब्रेकिङ्ग सिस्टमले राम्रोसँग काम गरिरहेको छ भन्ने कुराको यकिन गरेर मात्र सवारी चलाउने गर्नुहोस् । कारको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ ब्रेकिङ्ग प्याड फेर्नुपर्ने वेला भए नभएको, ब्रेक फ्लुइडको मात्रामा कमी आए नआएको लगायतका कुराको जाँच गरिराख्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.