नेपाल इन्जिनियरिङ्ग कलेजको साइटिज प्रकाशित

२०७६ भदौ २५ गते १८:२३ विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट भक्तपुरको अनुसन्धान मुलक नयाँ.जर्नल साइटिज प्रकाशित भएको छ । साइटिज  (एससीआईटीईसीएच) नेपाल नामक जर्नल प्रकाशित भएको हो । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडिज) प्रकाशित गरिएको हो ।

पोखरा विश्वविद्यालयका भाइस चान्सलर तथा डिन बुद्धहिरा जोशीले जर्नलको विमोचन एक कार्यक्रमको आयोजना गरी गरे ।
कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ, उपप्राचार्य दीपक धामी लगायतले जर्नलको विभिन्न पक्षहरुबारे चर्चा गरेका थिए ।
प्रकाशित यो जर्नल वर्ष १४ अंक १ हो । कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको जनाएको छ ।