उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम

  २०७६ भदौ २५ गते १८:१८     विकासन्युज

काठमाडाैं । आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा बुधबार भएको उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुर सल्लाघारी स्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ ।

साथै प्रतियोगितामा विद्या संस्कार स्कुल तृतीय हुन सफल भएको छ ।प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीलाई ख्वप कलेज भक्तपुरका प्राचार्य रुपक जोशीले एक कार्यक्रमवीच शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग हुने विश्वास लिए । प्रतियोगितामा उपत्यकका विभिन्न १३ वटा स्कुलको सहभागिता रहेको स्कुलले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.