नेपालमा लगानी किन गर्ने ? अर्थमन्त्री खतिवडाको जवाफ-‘काम गर्न सरल छ’

  २०७६ भदौ २५ गते १८:११     विकासन्युज

काठमाडौं । बुधबारदेखि राजधानीमा शुरु भएको पूर्वाधार सम्मेलनको पहिलो दिनमा विभिन्न क्षेत्र र विषयसँग सम्वन्धित विषशेज्ञहरुले आ-आफ्ना तर्क, भोगाइ र गुनासाहरु राखे । धेरैले नेपालको पूर्वाधार विकासमा नीजि क्षेत्रको आकर्षण, यसको चुनौती र सरलता विषयमा खण्डन गरे ।

तर, कोरिया विश्वविद्यालयका प्रोफेसर तथा एसियाली विकास बैंकका पूर्व क्लाइमेट चेन्ज प्रिन्सिपलका प्रोफेसर डा. ताई योङ जङले समिटमा सहभागीहरुलाई एउटा प्रश्न गरे । नेपालमा विदेशी लगानीकर्ताहरुले किन लगानी गर्ने ? अन्य विकसित राष्ट्र छाडेर नेपालमा लगानी गर्न किन आउने ?

त्यसपछि बोल्ने पालो आयो अर्थमन्त्री डा.युवराज खतिवडाको । उनले प्रोफेसर योङजङको प्रश्नलाई दोहो¥याउँदै उत्तर दिए-‘नेपालमा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न सरल र सुरक्षित सहुलियत छ ।’ लगानीकर्ताहरुले अन्य देशमा लगानी गर्दा १० प्रतिशत मात्रै प्रतिफल पाउने गरेको बताउँदै उनले नेपालमा भने २५ प्रतिशत प्रतिफल पाउने गारेन्टी गरे । नेपालमा यो स्तरको मुनाफा उठाउन सकिने बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे ।

त्यो प्रसंग मै अर्को कुरा थप्दै उनले भने, ‘लगानीकर्ता र सरकार मिलेर बराबर व्यवसाय गरौं । यसरी लगानी गरेपनि सरकार सधैं घाटामा जाने गरेको छ भने नीजि क्षेत्रले मुनाफा गर्ने चलन छ, । तर यो परिपाटी अब दोहोरिनु हुन्न ।’ उनले नेपालमा ऋणमा रुपमा नभई इक्विटीका रुपमा विदेशी लगानी भित्र्याउन खोजेको बताए ।

मन्त्री खतिवडाले विदेशी लगानीकर्ताहरुलाई नेपालको कानुनले काम गर्न सहज वातावरण सिर्जना गरेको बताउँदै कुनै त्यस्ता कानुनी जटिलताहरु भएपनि उनीहरुसँग सहकार्य र सुझाव सल्लाहहरू लिएर अगाडी बढ्ने बताए । उनले नेपालमा हाल लगानी गर्नको लागि ऊर्जा र पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउँदै यी क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसघंले आयोजना गरेको कार्यक्रममा बोल्दै वल्र्ड बैंकका भाइस प्रेसिडेण्ट जिङडङ हुआले लगानी गर्न नेपाल उचित राष्ट्र भएको बताए । उनले केहि गरिव देशहरु विदेशी लगानीकै कारण छोटै समयमा माथि उक्लिएको उदाहरण दिँदै नेपालले लिएको ‘समृद्ध नेपाल शुखी नेपाली’ लक्ष्य पुरा गर्न विदेशी लगानी आवश्यक भएको बताए ।

भिरक कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले तीनै तहका सरकार भएको हालकोे समय काममा खर्च गर्नुपर्ने बताए । उनले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडललाई आत्मसाथ गरेर सरकार र निजी लगानीकर्ताले सहकार्य र समन्वय गर्नुपर्ने बताए । उनले हाल नेपालको आर्थिक बृद्धिदर बढ्दै गएको बताउँदै अब कुरामात्र नगरेर काम गर्ने बेला आएको उल्लेख गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले पछिल्लो समय नेपालमा लगानीको वातावरण, लगानीकर्ताको आकर्षण र आगामी दिनमा गर्नु पर्ने सुधारहरुका बारेमा आफ्ना धारणा राखेका थिए । समिट बिहिवारसम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.