झापाको विर्तामोडमा टिम्वर क्राफ्टको शाखा

  २०७६ भदौ २५ गते ९:५४     विकासन्युज

काठमाडौं । लामो समय देखि स्कीन ढोकाहरूको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमबीच उक्त शाखा कार्यालय इस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको हो । देशका विभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको यो कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखा मार्फत सेवा विस्तार गरेको हो ।

नेपालमै बनेका स्कीन ढोकाहरु ग्राहक आफ्नै बजारमा पर्याउन सेवा विस्तार गरिएको टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए । ‘नेपाली उत्पादन भनेर गर्व गर्न लायकका ढोकाहरु हामी दिन्छौं,’ उनले भने, ‘यसको लागि हामी रात दिन नभनी सस्तोमा टिकाउ, भरपर्दो ढोकाहरु उत्पादन गर्न तिर लागेका छौं ।’ कम्पनीका देशैभरि ४५ भन्दा बढी ठाँउमा डिलर रहेको छ ।

ललितपुरको सातदोवाटोमा प्रमुख कार्यालय र नवलपरासीको गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, वाङ्गो टिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । उक्त ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाको लागि आवश्यक उपचार विधि अपनाइएको छ ।

ढोकाहरुको बारेमा जानकारी दिदैं प्रवन्ध निर्देशक बस्नेतले भने ‘देशमा काठको अभाव भइरहेको वेला काठको प्रयोग गरिएका टिकाउ ढोका देशैभरि पुर्याउन पाउदा अत्यन्तै खुसि भएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.