नबिल बैंकमा ६० जनालाई जागिरको अवसर

२०७६ भदौ २५ गते ८:२९ विकासन्युज


काठमाडौँ । नबिल बैंकमा जागिरको अवसर खुलेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी १० जना र ट्रेनी असिस्टेन्ट ५० जना गरी ६० जना कर्मचारी माग गरेको हो ।

स्नातकोत्तर उत्तीर्ण र २८ वर्ष भन्दा कम उमेरका म्यानेजमेन्ट ट्रेनीमा तथा स्नातक उत्तीर्ण र २५ वर्ष भन्दा कम उमेरकाले ट्रेनी असिस्टेन्टमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुक र योग्यता पुगेकाहरुले अनलाइन मार्फत असोज ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।