सरकार नीजि पर्यटन क्षेत्रकाे प्रतिस्पर्धि होइन, सहयात्री हाे : मन्त्री भट्टराई

  २०७६ भदौ २५ गते ७:३५     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले सरकार नीजि पर्यटन क्षेत्रको प्रतिस्पर्धि नभई सहयात्री भएको बताएका छन् । मंगलबार नेपाल एसोसिएसन अफ ¥याफ्टीङ एजेन्सीज (नारा) को ३१ औं वार्षिक साधारसभा तथा निर्वाचन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

‘¥याफ्टीङ पर्यटनको प्रमुख आधार हो ’ उनले भने, आउनुहोस् सँगै सहकार्य गरौं, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ, तपाईहरुलाई काम गर्न कुनै समस्या तथा अप्ठ्याराहरु भएछन् भनेपनि सँगै बसेर नियमावली संशोधन गर्ने कुरामा पनि म सकरात्मक छु ।’

उनले नेपालका नदिहरु विभिन्न कारणले असुरक्षित रहेको बताउँदै प्राकृतिक सुन्दरतालाई कायम गर्न आजको प्रमुख चुनौती रहेको उल्लेख गरे । सरकारले जलशाययुक्त आयोजनाहरुलाई बढि प्राथमिकता दिएको बताउँदै उनले यसमा नाराको साथ र सहयोगको आवश्यकता रहेको  बताए । आइसकेको बताँउदै २० लाख पर्यटक भित्र्याएर यसलाई सफल पार्न भूमिका खेल्न समेत आग्रह गरे ।

मंगलबार सम्पन्न नाराको  ३१औँ साधारणसभा तथा निर्वाचनबाट   गङ्गाप्रसाद नेपाल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले ३७ मत प्राप्त गरे भने भने ठकुरीले २५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भए , यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । नाराका ८५ वटा कम्पनीमध्ये निर्वाचनमा भने ६७ कम्पनीका प्रतिनिधिले मतदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.