आरम्भ लघुवित्तको १ लाख १८ हजार लुटियो

  २०७६ भदौ २४ गते १८:५९     विकासन्युज

सुकुटे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुकुटे स्थित आरम्भ लघुवित्त वित्तीयसंस्था लिमिटेडमा कार्यरत कर्मचारी कनिष्ठ सहायक दीपक गौतम लुटिएका छन् ।

सुनकोशी गाउँपालिका वडा नं. ४ सिमपानी स्थित सिमपानी कालीदेवी आरम्भ महिला केन्द्र,२७ नं. केन्द्रबाट मासिक किस्ता असुली गरी फर्कने क्रममा सुनकोशी गाउँपालिका वडा नं. ४ सिमपानीको जंगलबाट रु. १ लाख १८ हजार ४२५ लुटिएको हो ।

चारजना अज्ञात समुहले सुनकोशीगाउँपालिका वडा नं. ४ सिमपानी जंगलबाट उक्त रकम रु. १ लाख १८ हजार ४२५ लुटिएको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड सुकुटे शाखाका प्रमुख देवकुमार प्याकुरेलले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.