दशैं तिहारलाई लक्षित गर्दै देशभर ७३ सहुलियत मूल्यका पसल सञ्चालनमा

  २०७६ भदौ २४ गते १७:२२     विकासन्युज

काठमाडाैं । वडा दशैँ, तिहार र छठलाई लक्षित गर्दै देशभर सहुलियत मूल्यका ७३ पसलहरू सञ्चालनमा आएका छन् ।  चाडपर्वकाे समयमा बजारमा हुने चरम महङ्गी अभाव र व्यथितिलाई व्यवस्थापन गर्ने उद्धेश्यका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले देशभर सुपथ मूल्यका पसलहरू सञ्चालनमा ल्याएका हुन् ।

साेमबार  राजधानीमा  आयाेजित एकिकृत सहुलियत पसलकाे  उद्घाटन गर्दै  उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले   सरकारले आम उपभोक्तालाई राहत उपलब्ध गराउने उदेश्यका साथ चाडपर्वको अवसर माझ बिशेष छुटका साथ सहुलियत मुल्यको पसल संचालन गरिएको बताए । उनले सहुलियतका नामले  स्थापना गरिएका पसलहरूबाट  उपभाेक्ताले सस्ताे सहुलियत मूल्ल्यमा सामान खरिद गर्न  सक्ने बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन र आम उपभोक्ताको चाहना बमोजिम प्रमुख चाडबाडलाई लछित गरी विगत झै यस बर्ष पनि सहुलियत पसल संचालनमा ल्एको बताउदै अत्यावश्यकिय वस्तुलाई बजार मुल्य भन्दा पनि सस्तो दररेटमा बिक्री गरिने जनाईन ।

यस्तै राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले संस्थानबाट बिक्री वितरण गर्ने वस्तुमा कर छुटको ब्यवस्था लागु गरी सहुलियत दरमा वस्तुको बिक्री वितरण गर्नुपर्ने राय पेश गरे ।  साल्ट ट्रेडिङ्गले उपत्यकामा ११ र उपत्यका बाहिर २२, दुग्ध संस्थानले उपत्यकाका ४ स्थान सहित उपत्यका बाहिरका ११ स्थानमा र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले उपत्यकाको ५ स्थान सहित उपत्यका बाहिरका १८ स्थानमा गरी कुल २३ स्थानमा सुपथ मूल्यको पसल संचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.