सांग्रिला बैंकद्वारा प्रेमसागर फाउण्डेशनलाई आर्थिक सहयोग

  २०७६ भदौ २४ गते १०:५७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धादिङ्ग धार्के गाउँपालिका, वडा नं ५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । सहयोगस्वरुप बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त आर्थिक सहयोगले फाउण्डेशनद्घारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र यस बैंकले करिब एक हजार ५सयजना स्कुले बालबालिकाहरुलाई पनि विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.