एटीएम ह्याक सम्बन्धमा फरेन्सिक एक्सपोर्ट पनि अन्योलमा, वास्तविक रिपोर्ट ल्याव टेष्टपछि

  २०७६ भदौ २३ गते २१:१३     विकासन्युज

काठमाडौं । एटीएम ह्याकका सम्बन्धमा अनुसन्धान गर्न आएको फरेन्सिक एक्सपोर्टले वास्तविक प्रतिवेदन आउन अझै तीन महिना लाग्ने जानकारी राष्ट्र बैंकलाई गराएको छ । प्राविधिक विषय भएकोले प्रारम्भिक रिपोर्टका आधारमात्रै केही भन्न सक्ने अवस्था नरहेको भन्दै फरेन्सिकले राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई उक्त विषयको जानकारी गराइएको हो । ह्याकिङको वास्तविक रिपोर्ट ल्याव टेष्टपछिमात्र आउने जानकारी राष्ट्र बैंकले दिएको छ ।
प्रारम्भिक रिपोर्टले प्रर्याप्त जानकारी दिन नसकेपछि ७ दिनभित्र हालको सिष्टम परिवर्तन गरेर सुरक्षित सेवा संचालन गर्न राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) लाई निर्देशन दिएको छ । ह्याकरहरूले अरु डाटा चोरेको हुन सक्ने र यदि यस्तो गरिएको रहेछ भने अझ ठूलो क्षति हुन सक्ने अनुमान गर्दै राष्ट्र बैंकले हालको नेप्सको सिष्टम परिवर्तन गर्न भनेको हो । एटीएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल यस विषयमा छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.