अब विकास बैंक र फाइनान्स कम्पनीले पनि म्युचुअल फण्ड सञ्चालन गर्न पाउने

  २०७६ भदौ २३ गते १९:२६     विकासन्युज

काठमाडौं । अब विकास बैंक तथा वित्त कम्पनीहरुले समेत सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । यसअघि वाणिज्य बैंकहरुले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशन संशोधन गर्दै त्यस्तो म्युचुअल फण्ड सञ्चालन गर्न बाटो खोलेको हो ।

हाल ९ ओटा बैंकले १६ ओटा म्युचुअल फण्डहरु सञ्चालन गरिरहेका छन् त्यसमध्ये १५ ओटा बन्दमुखी र एउटा खुलामुखी योजना छन् । ३ ओटा म्युचुअल फण्ड भने समयावधि पूरा भएर बन्द भइसकेका छन् ।

वाणिज्य बैंकहरुमध्ये पनि १८ ओटा बैंकले म्युचअल फण्ड सञ्चालन नगरेको अवस्थामा समेत राष्ट्र बैंकले भने सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि म्युचुअल फण्ड खोल्न दिनेगरी व्यवस्था गरेको हो । विकास बैंक तथा वित्त कम्पनीहरुलाई म्युचुअल फण्ड खोल्नदिने शर्तहरु वाणिज्य बैंकको जस्तै तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.