एनसीसीले पारित गर्यो १५.८९ प्रतिशत बोनस

  २०७६ भदौ २३ गते १९:१०     विकासन्युज

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकले सेयर लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको १५.८९ प्रतिशत बोनस सेयर तथा ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैकको चुक्ता पूँजी हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ कायम छ । बोनस सेयर सम्बन्धि निर्णय बैकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा (एजिएम) मार्फत गरेको हो ।

के भन्छन् त सेयर लगानीकर्ता ?

कार्यक्रममा बोल्दै लगानीकर्ता अमृत नाथ रेग्मीले भने–‘वित्तीय क्षेत्रमा सुधार ल्याउँन बैकहले आफ्नो सँगै अन्य बैकको सूचक समेत हेर्ने बानी बसाउन आवश्यक रहेको छ ।’ उनले सो कुरा अपनाउने सकेमा भविष्यमा वित्तीय क्षेत्रमा थप सुधार हुने सुझाव दिएका छन् । यस्तै, लगानीकर्ता अशोक उप्रेतीले भने–‘बैकले लगानीकर्तालाई आव २०७५/७६ बाट कस्तो लाभांस दिन्छ भन्ने कुराले लागानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष सरोकार राख्ने बताए । उनले सोही आधारमा बैकको भविष्यमा समेत प्रभाव पर्ने जनाए ।

मेजर कुबेर श्रेष्ठका अनुसार– ‘राजधानी केन्द्रित कार्यक्रम एनसीसी बैकले पहिले पटक गरेको छ, आगामी दिनमा समेत सो कुरालाई निरन्तरता दिन आवश्यक छ ।’ राजधानी केन्द्रित कार्यक्रममा बैकको इज्जत रहनेमा जोड दिए । भक्ती प्रसाद उप्रेतीले भने– ‘कम्पनीले दिने लाभांसमा सरकारको गिद्धे नजर पर्न भएन् ।’ उनले आइसीयूमा पुगेको एनसीसी बैक हाल स्वथ्य अवस्थामा रहेको बताएका छन् ।

व्यास कुमार शर्माका अनुसार –‘कम्पनीको वित्तीय सूचकको अवस्था राम्रो छ, कम्पनीले खराब कर्जा व्यवस्थापन गरेको कुरालाई राम्रो पक्षको रुपमा लिनु पर्छ ।’ उनले निष्कृय कर्जा ७ वाट ३ मा ल्याउँन सफल भएको बैकलाई उनले शुभकामना दिएका थिए ।
कार्यक्रममा बैकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपाने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश राज अर्याल, पूर्व संचार मंन्त्री मोहन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.