राष्ट्र बैंकको नियम: कर्जाको ब्याजदर घटाउन पाउने, बढाउन नपाउने !

  २०७६ भदौ २३ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ६ महिना अगावै कर्जाको ब्याजदर घटाउन पाउने बढाउन नपाउने सुविधा दिएको छ । बैकले एकीकृत निर्देशन जारी गर्ने क्रममा जारी गरेको निर्देशनमा यदि बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जाको ब्याजदर घटाउनु पर्ने अवस्था आएमा प्रिमियम दर घटाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकले यस्तो प्रिमियम दर ६ महिनाभन्दा कम समयमा परिर्वतन गर्न सक्ने बाटो खुला गरिदिएको हो ।

बैंकहरूले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गरी त्रैमासिक कर्जा तथा सापटको ब्यादजर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसरी ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.