नेपालमा हरेक दिन १६ जना व्यक्तिको मृत्‍युको कारण आत्महत्या, मानसिक रोग मुख्य कारण

  २०७६ भदौ २३ गते १८:४८     विकासन्युज

काठमाडौं। नेपालमा हरेक दिन १५ देखी १६ जना व्यक्तिको मृत्‍युको कारण आत्माहत्या रहेको खुलेको छ। सोमबार विश्व आत्माहत्या दिवसलाई मध्यनजर गर्दै संचालन गरिएको कार्यक्रममा नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले यस्तो बताएको हो।

विभिन्न अध्ययनको अनुसार विश्वमा सबैभन्दा बढी आत्माहत्या हुने ठाउँमा नेपाल सातौं स्थानमा पर्दछ भने महिला आत्माहत्याको संख्यामा नेपाल तेस्रो स्थानमा पर्ने गर्दछ। यस्तै नेपालमा गरिएको २००८-२००९ को अनुसन्धान अनुसार १६ देखी ४९ बर्षको प्रजनन् उमेर समुहको महिलाहरुमा आत्माहत्या मृत्‍युको प्रमुख कारण देखाएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृत्‍यु आत्महत्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । विश्वमा मृत्‍युको प्रमुख २० कारण मध्ये आत्माहत्या पनि एउटा कारण हो।

त्यस्तै आत्माहत्या गर्ने ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृत्‍युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो।  अनुसन्धान अनुसार एक जना व्यक्तिको आत्माहत्याको कारण उसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ।

आत्माहत्याको कारण बहुआयमिक हुन्छ। आत्माहत्या गर्न ९० प्रतिशत जनसंख्यामा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आत्माहत्याको प्रयास गरेको मानिसहरुले आत्माहत्या दोहोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुन्छ। त्यो सँगै जीवन प्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिसहरु, वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्माहत्या गर्ने सम्भावना बढी हुन्छ।

समाजमा रहेको सबै मानिसहरुको प्रयत्न भएमा आत्माहत्या धेरै मात्रामा रोकथाम गर्न सहयोग सकिन्छ। मानसिक रोगको उपचार गर्नाले धेरै मात्रामा आत्माहत्याको रोकथाम हुन्छ। आफुमा अथवा आफुले चिनेको आत्माहत्याको सोच अथवा प्रयास गरेको थाहा पाएमा नजिकको मानसिक रोग बिशेषज्ञकोमा लिएर जाँदा आत्माहत्या गर्नबाट रोक्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.