बैंकबाट ऋण लिनेले अरुलाई ऋण दिन नपाउने, दिएको पाइए यस्तो हुन्छ कारबाही

  २०७६ भदौ २३ गते १८:०८     विकासन्युज

काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन गर्दै त्यसरी कर्जा दिएको पाइएमा त्यस्तो कर्जालाई तत्कालै खराब कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको हो ।

कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ऋण नतिरी कालोसूचीमा पर्ने संस्थाले अर्को व्यक्ति वा संस्थाको उपयोग गरी फेरि बैंकबाट ऋण लिने र सो व्यक्ति वा संस्थाको ऋण पनि अपचलन गरिदिने प्रवृत्ति निरुत्साहन गर्न यस्तो व्यवस्था गरिएको हो ।

यदि कसैले त्यस्तो गरेको पाइएमा सो कर्जा तुरुन्तै खराब कर्जामा रुपान्तरण हुनेछ भने सो व्यक्तिलाई कालोसूचीमा उक्त व्यक्तिको धितो सम्पत्ति लिलामीको प्रक्रिया तत्कालै सुरु हुनेछ भने खराब ऋणीको जस्तै कारुरबाही समेत हुनेछ । तर पहिले नै लिइएको ऋण तिर्ने वा अन्य आवश्यक क्षेत्रमा लगानी गर्न भने यो निर्देशनले बाधा पुर्याउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.