सोमबारबाट बिक्री शुरु भएका हिरोका तीन नयाँ मोडल यस्ता छन्, मूल्य कति ?

  २०७६ भदौ २३ गते १७:४८     विकासन्युज

काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोका दुई नयाँ उत्पादन ‘एक्सपल्स टी’ र ‘एक्सट्रिम २०० एस’ र त्यसैगरी प्लेजर स्कुटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ को विक्री सोमबारबाट शुरु गरेको छ ।

भारतमा केहि महिना अघि सार्वजनिक भएका यी तीन मोडलहरुलाई हालसालै नेपालमा सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा पनि शोकेस गरिएको थियो । आउनुस जानौं यी तीन मोडलहरुको वारेमाः

एक्सपल्स २०० टी
यो मोटरसाइकल हिरोको नयाँ अफरोडिङ्ग मोटरसाइकल ‘एक्सपल्स २००’ को टुरिंग भर्जन हो । यसको टुरिंग विशेषतालाई ध्यानमा राखेर हिरोले यसमा १७ इञ्च अलोए व्हिल्स र रोड टायर्स दिएको छ । एक्सपल्स २०० को भन्दा कम सीट हाइट भएको हुनाले यो मोटरसाइकल सानो हाइट हुनेहरुले पनि रुचाउँछन् भन्ने अनुमान गरिएको छ ।

सेफ्टि फिचरका रुपमा सिंगल च्यानल एबीएस दिइएको यस मोटरसाइकलमा डुअल डिस्कब्रेक पनि दिइएको छ । त्यसैगरी एक्सपल्स २०० टीमा रहेको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,३२,००० तोकिएको छ ।

एक्सट्रिम २०० एस
हिरोको केहि वर्षअघिको लोकप्रिय मोडल ‘करिज्मा’ को दवदवा पछिल्लो समयमा फितलो हुँदै गएपछि हिरोले आफ्नो स्पोर्टी सेग्मेन्टलाई पूनः बलियो बनाउन ‘एक्सट्रिम २०० एस’ बजारमा ल्याएको हो । यो मोटरसाइकल बजारमा विक्री भइरहेको ‘एक्सट्रिम २०० आर’ को फेयर्ड भर्जन हो जसमा सो बाइकमै प्रयोग भएको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनको प्रयोग गरिएको छ ।

यो इञ्जिनले १८.४ पिएसको पावर र त्यसैगरी १७.१ एनएमको टर्क प्रोड्यूस गर्छ । अन्य फिचर्सको रुपमा यसमा एलईडी हेडलाइट, एलईडी टेललाईट र ब्लूतुथ कनेक्शन सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर पनि दिइएको छ । त्यसैगरी १४९ के.जी.को कर्ब वेट रहेको यो बाईकमा डुअल डिस्कब्रेकका साथै सिंगल च्यानल एबीएस पनि दिइएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,२२,००० तोकिएको छ ।

प्लेजर प्लस
बजारमा प्लेजर स्कूटरको लोकप्रियता घट्दै गएपछि पूनः पकड जमाउन हिरोले केहि फेरवदलका साथ सो स्कूटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ बजारमा ल्याएको हो । फेरवदलका रुपमा हिरोले प्लेजर प्लसमा पावरफूल इञ्जिन र रेट्रो लूक्सका साथै केहि नयाँ फिचरहरु पनि समावेश गरेको छ । यो स्कूटरको ११०.९ सीसीको नयाँ इञ्जिनले ८.१५ पीएसको पावर र ८.७ एनएमको टर्क प्रोड्यूस गर्छ भने यसको कर्भी प्यानल र ठूलो हेडलाइटले यसलाई रेट्रो लूक्स प्रदान गरेको छ ।


अन्य स्पेशल फिचरहरुको रुपमा यसमा अपडेटेड एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, ओपन ग्लोव बक्स कम्पार्टमेन्ट, यूएसबी चार्जिंग पोर्ट, इन्टिग्रेटेड ब्रेकिंग सिस्टम र त्यसैगरी बुट लाइट समेत समावेश गरेको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य रु.१,८६,००० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.