मेटलाईफका ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गर्ने अवसर

  २०७६ भदौ २३ गते १७:२९     विकासन्युज


काठमाडौं । मेटलाईफ नेपालले बीमितहरुका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । यो अभियानसगै कम्पनीले व्यतित बीमालेखहरुको बक्यौता बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गरेको जनाएको छ ।

५ वर्षभित्रका व्यतित बीमालेखहरुको हकमा कुनै पनि विलम्ब शुल्क नलाग्ने र व्यतित अवधि ५ वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिसत छुट हुने जनाइएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो अभियान मेटलाईफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफ्नो र आफ्नो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्ने बताए ।

यो अभियान मिति २०७६ भदौ २४ गतेदेखि सीमित अवधिको लागि हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.