नेपालको होटल व्यवसायमा विदेशीको मोह, ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि

  २०७६ भदौ २३ गते १२:२४     राजाराम न्यौपाने

काठमाडौं। पछिल्लो समय नेपालमा होटल व्यवसायमा लगानी गर्न विदेशी लगानीकर्ताहरू आकर्षित भएका छन् । होटल व्यवसायमा लगानीकर्ताहरुको आकर्षण बढेसँग नेपालमा साना देखि ठूला होटल निर्माण तथा सञ्चालन भइरहेको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा होटल क्षेत्रमा रोजगारी र लगानी प्रतिवद्धतामा वृद्धि भएको छ। गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि भएको छ।

यदि सो प्रतिवद्धता अनुसारको होटल संचालमा आए थप ४ सयले रोजगारी पाउने छन्। लागनी बढे पनि होटलको प्रतिवद्धता संख्यामा भने कमी आएको छ । लगानी थपिएपनि वर्षको तुलनामा गत वर्ष १० वटा कम होटल प्रतिद्धता आएको हो।

गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ वटा होटलमा ४० वटा विदेशी होटल रहेका छन्। उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख ३६ हजार ८८४ रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित अनुमति लिएको विभागले जनाएको छ।

सो लगानीमध्ये सबैभन्दा धेरै चीनको रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ताअनुमति लिएको छ। यस्तै भारत, कोरिया, अमेरिकाले ३-३ वटा होटल दर्ताअनुमति लिएका छन् । क्यानडा, जर्मन र जापान लगाएतका देशले पनि नेपालमा गत आर्थिक वर्षमा होटल दर्ता गर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन् ।

नेपाली र विदेशीको संयुक्त लगानीमा १० वटा होटल दतागर्ने प्रतिवद्धतासहित अनुमति लिएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ। नेपालीको लगानीमा भने १९ वटा मात्रै होटल दर्तागर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन। गत आर्थिक वर्षमा लगानी प्रतिबद्धता आएका होटलहरुले २ हजार एक सय ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख ४१ हजारको लगानी प्रतिवद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिवद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा संयुक्त लगानी गर्ने प्रतिवद्धता जनाएका थिए।

विगतका वर्षको तुलनामा अहिले स्वदेशी र विदेशी लगानीकर्ताबीच होटलमा लगानी गर्ने संख्यामा वृद्धि हुँदै गएको छ। देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अहिले पर्यटन क्षेत्रको विकासका लागि महत्वतपूर्ण आधारका रूपमा रहेको होटल क्षेत्रको पुर्वाधारले सकारात्मक छलाङ मारेको छ।

विभागको तथ्यांङ अनुसार नेपालमा साना ठूला गरी १ हजार ४० वटा होटल संचालनमा रहेका छन्। हाल होटल व्यवसायमा ६६ अर्ब ८१ करोड ८५ लाख ९३ हजार ६७३ रुपैयाँ लगानी रहेको छ भने ४२ हजार ८१० जनालाई रोजगारी पाएका छन्।

कहाँ कहाँ छन ५ तारे होटल ?

नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन्। कुल संख्या मध्ये प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल छैनन् । यस्तै प्रदेश नम्वर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् ।

उद्योग विभागका सूचना अधिकारी वनोद खड्का भने सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकोले पनि होटल व्यवसायमा लगानी आर्कषण रहेको बताए । सरकारले गरेको लगानी सम्मेलनले पनि विदेशीे लगानीकर्ताले नेपालको होटल क्षेत्रमा लगानी प्रतिवद्धता बढउँदै गएको बताए।

होटल एशोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष  विनायक शाहले भारत चीनबीचमा नेपाल परेको विदेशीहरुले नेपालको होटेलको क्षेत्रमा विदेशीले लगानी वृद्धि हुँदै गएको बताए। नेपालमा सडक र एयरपोटको विकास नभएको बताए । नेपाल राम्रो वातावरण भएकाले पनि होटल व्यवसायमा मनोवलसमेत वृद्धि भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.