फोर्स मोटर्सको शोरुम हेटौंडामा, ग्राहकलाई ४ लाख सम्मको छुट

  २०७६ भदौ २३ गते ११:५८     विकासन्युज


काठमाडौं । हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ । कम्पनीले महान् चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुब थापाले बताएका छन् ।

कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाख सम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीको लागी प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख कि.मी सम्मको वारेन्टी सुविधाका साथै ६ पटक सम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।

बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

यस गाडीको काठमाण्डौंको गैरीधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भईरहेको प्रवन्ध निर्देशक निरन के.सीले बताए । विक्री संगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.