राष्ट्र बैंकले चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

  २०७६ भदौ २३ गते ९:३०     विकासन्युज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.