एनसीसी बैंकपनि आरटीजीएस प्रणालीमा

  २०७६ भदौ २२ गते १८:२७     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) बीच आरटीजीएस प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटीजीएस प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फच्र्छौट गर्न सक्ने छन् ।

सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक वमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.