नयाँ विशेषतासहित भक्सवागनको ‘अमिओ’ कार आउँदै, मूल्य ९ लाख ९९ हजार

  २०७६ भदौ २२ गते १८:१२     विकासन्युज

नयाँदेल्ली। जर्मन अटोमेकर कम्पनी भक्सवागनले आफ्नो अमिओ कम्प्याक्ट सेडान मोडलमा जीटी लाइन ट्रिम समावेश गरेर बजारमा ल्याउने भएको छ । यसअघि लञ्च भएका पोलो र भेन्टोमा जस्तो अमिओ जीटी लाइनमा न्यू फ्रन्ट ग्रिल र बम्पर डिजाइन चाहिँ छैन । तर यसमा भेन्टो जीटी लाइनमा भएजस्तै कस्मेटिक चेञ्जहरु भने देख्न सकिनेछ ।

अमिओको स्पोर्टी भर्जनमा न्यू सनसेट रेड पेन्ट शेड, ब्ल्याक रुफ, क्रोम फिनिस्ड डोर ह्याण्डल्स, फ्रन्ट फेन्डरमा जीटी लाइनको ब्याज, ओआरभिएम कभर्स र बुट लिड स्पोइलर रहेका छ । त्यसैगरी डोरमा जीटी लाइनको डेकल्स दिइएको छ । यी बाहेकका अरु सबै फिचर्स र सेफ्टी किटहरु चाहिँ अमिओकै अर्को टप–स्पेक भेरियन्ट हाइलोन प्लसजस्तै नै छन् ।

भक्सवागनले भारतीय बजारमा डिजेल अमिओ जीटी लाइनको मूल्य रु.९.९९ लाख तोकेको छ । त्यसैगरी पेट्रोल अमिओ जीटी लाइनको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । तर बजारमा आइपुग्दा भने रु.७.९९ लाख पर्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय बजारमा अमिओ जीटी लाइनको आगमन भएपछि यसले मारुती सुजुकी डिजायर, फोर्ड एस्पायर, हुण्डाइ एक्सेन्ट र होण्डा अमेजजस्ता प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिनेछ भन्ने अनुमान गरिएको छ । तर यो कार नेपाली बजारमा तत्काल आउने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.