राज्यमन्त्री यादवद्वारा वृद्धहरुको स्वास्थ्य परीक्षण

  २०७६ भदौ २२ गते १६:२४     विकासन्युज

काठमाडौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी आश्रमका वृद्धहरुको स्वास्थ्य चेकजाँच गरेका छन् ।

शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धहरुको स्वास्थ्य परीक्षण आफै गरेका हुन् ।

स्वास्थ्य जाँच गर्दै उनले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्वहरुलाई सल्लाह सुझाव दिए । वृद्वमा बढी दम रोगको सिकायत रहेको राज्यमन्त्री यादवको भनाई छ । उनले आश्रमका वृद्धहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिविरमा वृद्धहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.