पोखरा फाइनान्सले जित्यो चौथो आइटि ग्रुप कर्पाेरेट फुटसल उपाधी

  २०७६ भदौ २२ गते १३:५४     विकासन्युज

काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो ।

उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो साथै उपविजेता टोलीलाई नगद रु १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.