चढ्ने हैन त केटीएम १२५ ड्यूक ? यस्ता छन् विशेषता

  २०७६ भदौ २२ गते ११:२९     विकासन्युज

काठमाडौँ । केटीएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रालिले भर्खरै सम्पन्न ‘नाडा अटो शो-२०१९’ माड्यूक फेमिलीको इन्ट्री लेभल मोटरसाइकल ‘१२५ ड्यूक’सार्वजनिक गरेको छ । नेपाली बजारमा ४ लाख ४९ हजार ९०० मूल्य तोकिएसँगै यो मोटरसाइकल १२५ सीसी सेग्मेन्टकै सवैभन्दा पावरफुल बाईक रहेको छ ।

१४.३ बिएचपीसँगै सामान्यतया १५० सीसीका मोटरसाइकलहरुले जत्तिनै प्रोड्यूस गर्ने भएकाले र अप्साइड डाउनफर्क, लाइटवेट स्टिल ट्रेलिस फ्रेम, एलुमिनियम स्विङ्गआर्म जस्ता प्रिमियम पार्टस्हरु हेर्दा २०० ड्यूकजस्तो देखिने यो मोटरसाइकलमा इञ्जिन र ग्राफिक्स बाहेकका सम्पूर्ण पार्टस्हरु २०० ड्यूकबाटै लिइएको छ ।

हेलोजेन हेडलाइट देखि लिएर डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्रेकिङ्ग हार्डवेयर, चेसिस, सस्पेन्सन सेटअप लगायतका पार्टस्हरु २०० ड्यूकबाट लिइएको हो । विशेषतः१२५ सीसी सेग्मेन्टमा सिङ्गल च्यानल एबीएस फिचर्स रहेको छ , यो एडृभान्स टेक्नोलोजिले बाईकलाई अकस्मात ब्रेक लगाइएका वेला चक्का लक हुन रोकि ब्रेकिग दुरी कम गर्दै दुर्घटना हुनबाट जोगाउँछ ।

यो मोटरसाइकलमा १२४.७ सीसीको लिक्विड–कुल्ड ४ भल्भ इञ्जिन दिइएको छ जसले १४.३ बीएचपीको पावर र १२ एनएमको टर्क प्रोड्यूस गर्छ । यो बेबी ड्यूकले १२० केएमपीएच प्लसको टप स्पिड र ४० केएमपीएल प्लसको माइलेज दिन्छ ।

केटीएम एउटा अष्ट्रियन मोटरसाइकल म्यानुफ्याक्चरर् कम्पनी हो जुन सन् १९३४ मा स्थापना भएको थियो ।नेपालमा हाल केटीएमका ३९० ड्यूक, ३९० आरसी, २५० ड्यूक, २०० ड्यूक, २०० आरसी र १२५ ड्यूक गरी ६ अलग मोडलहरु विक्रीवितरण भइरहेका छन् ।

हंसराज हुलासचन्द प्रा.लि.ले नेपालमा भर्खरै मात्रएबीएस भेरियन्टको २०० ड्यूक र २५० ड्यूक पनि भित्र्याएको छ जसमध्ये २०० ड्यूकमा सिङ्गल–च्यानल एबीएस दिइएको छ भने२५० ड्यूकमा डवल-च्यानल एबीएस दिइएको छ । कम्पनीले २०० ड्यूकको मूल्य ५,२४,९०० तोकेको छ भने २५० ड्यूकको मूल्य ६,२४,९०० तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.