यी ५ कारण, जसले बनायो एमटी–१५ लाई खास

  २०७६ भदौ २१ गते १३:४२     विकासन्युज

यामाहा टू–व्हिलरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजले हालसालैमात्र नेपालमा बहुप्रतिक्षित मोडल एमटी–१५ लञ्च गरेको छ । ‘द डार्क वरियर’ को नामबाट परिचित यो बाइक भारतमा भने केहि महिना अघि सार्वजनिक गरिएको थियो । पर्फमेन्स बाइकका सौखिनहरुलाई लक्षित गरेर ल्याइएको यो बाइकले हाल भारतमा निक्कै नै राम्रो प्रतिक्रिया पाउन सफल भइरहेको छ ।नेपाली बजारमा ४,२४,९०० मूल्य तोकिएको यस बाइकलेभारतमा जस्तैयहाँ पनि मोटरसाइकल प्रेमीहरुको मन जित्न सफल हुनेछ भन्ने आँकलन गर्न थालिएको छ । यस्तो आँकलन गरिनुका पछाडि यी ५ कारणहरुलाई मूल रुपमा प्रस्तुत गर्न सकिन्छ ।

१. डिजाइन

सेग्मेन्टकै एग्रेसिभ र बेस्ट लुकिङ्ग बाइक भनी नाम कमाउन सफल भएकोयामाहा एमटी–१५को डिजाइन एमटी सिरिजका अन्य ठूला बाइक एमटी–०९ र एमटी–१० बाट इन्स्पायर भएको हो ।यसको लुक्स हामीले देख्दै आएका अन्य बाइकहरुको भन्दा अलि बेग्लै छ । यसको ट्रान्स्फर्मरको जस्तो हेडलाइटको डिजाइनले नै मूख्य रुपमा यो बाइकलाई अरुभन्दा भिन्न बनाएको छ ।

२. आर १५ को नेकेड भर्जन

आर १५ एउटा स्पोर्ट बाइक हो भने एमटी–१५ त्यसकै नेकेड भर्जन हो । आर १५ को पर्फमेन्स एउटा नेकेड बाइकमा खोज्नेहरुका लागि यामाहाको एमटी–१५वास्तवमै एउटा राम्रो विकल्प हो । एमटी–१५ मा आर १५ मै प्रयोग भएको भेरिएवल भल्व एक्चुएशन (भीभीए) टेक्नोलोजी को १५५ सीसी सिङ्गल–सिलिण्डर, लिक्विड–कुल्ड इञ्जिन दिइएको छ । त्यसैगरी एमटी–१५ को सस्पेन्सन सेटअप, ब्रेकिङ्ग हार्डवेयर र इन्स्ट्रुमेन्ट कन्सोल पनि आर १५ मै प्रयोग भएका पार्टस्हरु हुन् ।

३. पावर

१५० सीसीको बाइक भएतापनि एमटी–१५ ले १९.३ बीएचपीको पावर र १४.७ एनएमको टर्क प्रोड्युस गर्छ ।अपाचे आरटीआर २०० ले एउटा २०० सीसीको बाइक भइकन पनि २०.७३ बीएचपीको पावर प्रोड्यूस गर्दछ भनेत्यसको तुलनामा यो बाइकले यति धेरै पावर प्रोड्युस गर्नुलाई सामान्य मान्य सकिँदैन ।

४. स्लिपर क्लच

६–स्पिड गियरबक्स दिइएको एमटी–१५ मा स्लिपर क्लचजस्तो मोडर्न टेक्नोलोजीको प्रयोग गरिएको छ जुन प्रायजसो ठूला सीसीका बाइकहरुमा मात्र देख्न सकिन्थ्यो । स्लिपर क्लचले हार्ड गियर डाउन–सिफ्टको वेला पछाडिको चक्कालाई लक हुन नदिएर गियर सिफ्टिङ्गलाई स्मूथ बनाउँछ ।

५. सेफ्टि

एमटी–१५ कादुइओटै चक्कामा डिस्क ब्रेक दिइएको छ, जसले यसको ब्रेकिङ्गलाई मजबुत बनाएको छ ।त्यसैगरी यस बाइकमा भएको एबीएसले यसको ब्रेकिङ्गलाई अझ सुरक्षित पनि बनाएको छ । सिङ्गल च्यानल एबीएस भएको यस बाइकमा एग्रेसिभ ब्रेकिङ्गको वेला बाइकको अगाडिको चक्का लक हुन पाउँदैन र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.